• २०८१ बैशाख १४ शुक्रबार

गैँडाको आक्रमणबाट पर्यटक घाइते

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा उद्धारका लागि पुग्नुभएका निकुञ्जका गेम स्काउट दीपक कुमालका अनुसार घाइते हुनेमा अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो रहेका छन् । विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ भने महतोको अवस्था खतरामुक्त रहेको कुमालले बताए । अन्य दुई पर्यटक भने सुरक्षित रहेको बताइएको छ । डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो । घटना लगत्तै निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी, पथ प्रदर्शक उद्धारका लागि घटनास्थल पुगेका थिए ।

मदन आश्रित स्मृति दिवसमा रक्तदान

मदन भण्डारी फाउण्डेसन चितवनले २६औँं मदन आश्रित स्मृति दिवसको अवसरमा आज यहाँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १५४ जनाले रक्तदान गरेका थिए ।

फाउण्डेसनका सहसचिव तिलकराम रिमालका अनुसार १२० जना पुरुष र ३४ जना महिलाले रक्तदान गरेका हुन । रक्तदातामध्ये ६८ जना नयाँ रक्तदाता भएको उनले बताए । फाउण्डेसनका प्रदेश नं– ३ का सचिव दीपक निरौलाले रक्त सङ्कलन झोला जिल्लाध्यक्ष डा तिलचन्द्र भट्टराईलाई हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै