• २०८१ बैशाख १४ शुक्रबार

ओलम्पिक महिला फुटबलको छनौटमा नेपालको सान्त्वना जित 

kharibot

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित छ । 

नेपालको जितमा सावित्रा भण्डारीले दुवै गोल गरेकी छन् ।

पहिलो दुई खेल हारेर बाहिरीसकेको नेपालका लागि अन्तिम खेलमा सान्त्वना जित हासिल गरको छ । आजको खेलमा खेलको ८औ मिनेटमा रातो कार्ड खाएर एक खेलाडी बाहिरिएपछि १० खेलाडीमा सीमित भएको इन्डोनेसियालाई खेलको ३७औँ मिनेटमा सावित्राले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।

नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमा नै इन्डोनेसियाले गोल फर्काएको थियो । तर अन्तिम समयमा पाएको फ्री-किकमा गोल गर्दै सावित्राले नेपाललाई सान्त्वना जित दिलाएकी हुन् ।

पहिलो खेलमा म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग पनि ३-१ गोल अन्तरले नै हारेर नेपाल अन्तिम खेलअघि नै छनोटबाट बाहिरिसकेको थियो ।

यस्तै अन्तिम खेल अगावै बाहिरिएको इन्डोनेसिया पनि यसअघि भारतसँग २-० र म्यानमारसँग ६-० ले पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै