• २०८३ जेठ ९ शनिबार

जुगल हिमालको पहिलो पटक सफल आरोहण

जुगल हिमालको पहिलो पटक सफल आरोहण

चौतारा । काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।

उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले मंगलबार आरोहण गरेको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै