• २०८१ बैशाख १४ शुक्रबार

हावाहुरी प्रभावितलाई कृषि विकास बैंकको १५ लाख सहयोग 

kharibot

काठमाडौँ । कृषि विकास बैंकले यहि चैत्र १७ गते बारा-पर्सामा आएको हावाहुरी प्रभावित परिवारलाई १५ लाख सहयोग गरेको छ ।

बैंकले बारा-पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी-हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा पिडितहरुको उद्धार र राहतका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जानकारी दिएको छ ।

बैंकले उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, घाईतेहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै