• २०८१ बैशाख १५ शनिबार

क्वालकमले स्मार्टफोनका लागि ल्यायो तीन नयाँ प्रोसेसरहरू

kharibot

काठमाडौं । क्वालकमले स्मार्टफोनका लागि तीन नयाँ प्रोसेसरहरू ल्याएको घोषणा गरेको छ ।

क्वालकमले ल्याएको स्न्यापड्रयागन ६६५, ७३० र ७३० जी प्रोसेसर मध्यमदेखि उच्च बजेटका स्मार्टफोनहरूका लागि भएको जनाइएको छ । तर यी प्रोसेसरहरू उपलब्ध हुने स्मार्टफोनहरूका बारे भने अहिले केही बताइएको छैन ।

क्वालकमले निर्माण गरेका नयाँ प्रोसेसरका लागि यही वर्षको मध्यतिर स्मार्टफोनहरू आउने अपेक्षा गरिएको छ । यी मोबाइल प्रोसेसरहरूमा विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स, गेमींग र क्यामेराका फिचरहरूमा ध्यान दिइएको जनाइएको छ ।

क्वालकमको तेस्रो पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली सपोर्ट गर्ने स्न्यापड्रयागन ६६५ ले एआई भएका डिभाइसहरूमा स्न्यापड्रयागन ६६० भन्दा २ गुणा छिटो काम गर्ने जनाइएको छ । त्यसैगरी यसमा क्यामेराका लागि फिचरहरूको सुधार गरिदैं ‘ट्रिपल क्यामेरा फिचर’, ५ गुना अप्टिकल जुम, हाइब्रिड अटोफोकस, र उच्च रिजोलुसनमा ४८ मेगापिक्सेलसम्मका फोटोहरू खिच्ने फिचरहरू उपलब्ध रहेका छन् ।

यसका साथै उच्च गतिको वायरलेस इन्टरनेटका लागि यसमा एक्स १२ एलटिई मोडेम पनि रहेको छ । यसका साथै यसमा उपलब्ध रहेको एड्रिनो ६१० जेनेरल प्रोसेसिंग युनिटले मोबाइल गेमिंगलाई अर्को तहमा पुर्याउने दाबी गरिएको छ ।

त्यसैगरी क्वालकमले ल्याएको स्न्यापड्रयागन ७३० र ७३० जी मा पनि गेमिंग, आर्टिफिसियल इन्टेलिजेन्स र क्यामेरा फिचरहरूमा थप सुविधा उपलब्ध भएको जनाइएको छ । यी प्रोसेसरहरूमा ८०० एमबिपीएससम्म डाउनलोड सपोर्ट, पोट्रेट मोडमा फोरके भिडियो खिच्ने सुविधा, ट्रिपल क्यामेरा सपोर्ट जस्ता फिचरहरू रहेका छन् ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै