• २०८१ बैशाख १४ शुक्रबार

प्रतिलिपि अधिकार हनन गरेको भन्दै वार्नर ब्रोजले ट्विटरबाट हटायो डोनाल्ड ट्रम्पको भिडियो

kharibot

काठमाडौं । ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटमा प्रयोग गरेको ‘द डार्क नाइट राइजेज’ चलचित्रको सङ्गीत प्रयोग गरेको भिडियो हटाएको छ ।

वार्नर ब्रोज स्टुडियोजले राष्ट्रपति ट्रम्पले आफ्नो चलचित्रको सङ्गीत अनाधिकृत रुपमा प्रयोग गरेको भन्दै ट्विटरलाई ट्रम्पको पोस्टबाट उक्त धुन हटाउन अनुरोध गरेको थियो ।

ट्रम्पले २०२० राष्ट्रपतीय चुनावको प्रचारका लागि आफ्नो ट्वीटमा २०१२ मा रिलिज भएको ‘द डार्क नाइट राइजेज’ का लागि ह्यान्स जिमरले बनाएको ‘वाइ डु वि फल ?’ को धुन प्रयोग गर्दै एक भिडियो पोस्ट गरेका थिए ।

‘मेक अमेरिका ग्रेट अगेन’ क्याप्सन दिइएको उक्त भिडियोमा वासिंगटन डिसीका केही स्थानहरू, २०१६ को चुनावमा ट्रम्पको प्रतिद्वन्दी रहेकी हिलारी क्लिन्टन, हलिउड अभिनेता ब्रायन क्र्यान्स्टन लगायतलाई देखाइएको थियो । त्यसैगरी भिडियोमा ट्रम्पलाई रोबर्ट मुलरको प्रतिवेदनले २०१६ को चुनावका लागि उनले रुससँग सहकार्य गरेको विषयमा निर्दोष रहेको भन्नेबारे फक्स न्युजको हेडलाईन पनि प्रस्तुत गरिएको थियो ।

वार्नर ब्रोजले ट्रम्पको ट्विट लगत्तै आफ्नो चलचित्रको सङ्गीत प्रयोग गरेको बारे आपत्ती जनाउँदै उक्त भिडियो नहटाए कानुनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै