आरती (कथा)

खरीबोट

न्न मेरै मात्र आँखा जुध्यो । आश्चर्यमा चम्किएका मेरा आँखाको एकैछिन पछिको उदासता देख्ने मेरी आमाका आँखा स्थीर थिए । स्ट्रेचरमाथि बूढो खलातीलेझैँ आमा लामोलामो स्वास तान्दै अनि फ्याँक्दै थिईन् । छोराको उदासी हेरेर मेरी आमा भक्कानिनु अगाडि नै मेरी श्रीमती हस्पिटलको गेटबाट बाहिर पुगी ।

म त्यस्तो श्रीमान् थिएँ जस्लाई आफ्नै श्रीमतीको कार्यालय थाहा नपाउने सुविधा थियो । उसको बहिरगमनसँगै मलाई बासँग झन्क्क रिस उठ्यो । ऊ त्यहाँ काम गर्ने थाहा पाएर पनि बाले मलाई खै किन भन्नु भएन ! बर्ष दिन अगाडि घर छाडेर ठमठम हिडेकी मञ्जरी आज पनि उसै गरी गई । मञ्जरी यानेकि मेरी आफ्नै श्रीमती । खाटो परेको घाउ बेस्सरी चिलायो, भत्भती पोल्यो । क्यान्टिन गएर दुई बोतल चिसो पानी पिएँ र पनि पीडा मत्थर भएन ।

दाम्पत्य प्रेमका प्रत्येक प्रहर म मेरी श्रीमतीलाई हेर्थें । अरु अरुकै श्रीमती राम्री देख्थे तर म देख्थेँ आफ्नै सिन्दुरको गाढा रङ्ग । ऊसँगका प्रत्येक नयाँ प्रहर झन् झन् अद्भुत लागिरहन्थ्यो । प्रेम बढ्दै थियो । कुनै शंका थिएन त्यो प्रेमको उल्झनको । साथ छुट्ला भन्ने कुनै मेसो थिएन ।

आफ्नो ठान्नु नै दुःखको प्रस्थानविन्दु रहेछ । अपनत्व भावनाले मान्छेलाई डाहढे बनाएपछि उसको व्यवहार ढाडे बिरालोको जस्तै हिंस्रक बन्न कत्तिपनि बेर नलाग्ने रहेछ । समयले सिकाउँदैछ अहिले ।

उसकै सुन्दरताका कारण सम्बन्धमा ड्यारङ्यार ङु्रङुर सुरु भयो । अविश्वास मैबाट सुरु भएको थियो । घरबाट निस्केकी श्रीमती साँझ घर फर्कंदा जीउभरि अनगिन्ति कामुक आँखाहरू टाँसेर आउन थालेपछि डरै डरले भरिँदो रहेछ मन । मलाई त्यस्तै भएको थियो । असाध्यै चञ्चले मेरी श्रीमती बरु अलि नराम्री भएकी भए पनि हुने ।

          चियोचर्चामै एकदिन मेरी श्रीमती एउटा केटासँग भेटिई । दुःखी देखिने त्यो केटाले के गफ गर्यो मैले बुझिनँ तर एकैछिन पछि ऊ मेरी श्रीमतीसँग टाँसिएको मैले ट्वालट्वालती हेर्न पर्यो ।

          मेरी श्रीमतीले उसलाई एकैछिनमा पर धकेली तर मैले त्यो देखिनँ । मेरी श्रीमतीले उसलाई अलबिदा भनी तर मैले सुनिनँ । मेरो कानमा त त्यो केटा र मेरी श्रीमती बीचको प्रणय झञ्कार गुञ्जन सुरु भइसकेको थियो । अँध्यारो आवरणभित्रका अश्लील क्रिडाहरूले मलाई कल्पनामै तर्साउन पुगेपछि मैले बाइकको स्टार्ट बटम थिचें र निचोरिदै घर पुगें ।

          म भन्दा पछि घरभित्र छिरेकी श्रीमती मैले ढोका लगाउनसाथ झस्किई । थाहा छैन मैले किन हात उठाएँ तर पछि थाहा पाएँ त्यही कारण मेरी श्रीमती मसँग डिभोर्स गर्न खोज्दै थिई ।

          त्यस घटनाको भोलिपल्टै मेरी श्रीमती माइत हिंडी । मैले फकाएँ, सम्झाएँ तर ऊ मानिन ।

घरबाट निस्केकी श्रीमती साँझ घर फर्कंदा जीउभरि अनगिन्ति कामुक आँखाहरू टाँसेर आउन थालेपछि डरै डरले भरिँदो रहेछ मन । मलाई त्यस्तै भएको थियो । असाध्यै चञ्चले मेरी श्रीमती बरु अलि नराम्री भएकी भए पनि हुने ।

          'महाशय तिम्रो कन्ट्रोलमा बस्ने पाल्तु जनवार हैन म । म आफैं कमाउन सक्छु, खान सक्छु र बाँच्न सक्छु । तिमी स्वतनत्र छौं, तिम्रो दासता भोग्ने अर्की श्रीमती ल्याऊ । र उसैलाई सिकाऊ पार्लर नजाऊ, राम्रा कपडा नलगाऊ, अफिस नजाऊ, अरुसँग नबोल'

          यसरी एक वर्ष अघि ठमठम मच्चदै हिंडेकी मेरी श्रीमती त्यसदिन पनि उसैगरी मच्चदै गई ।


आमाको अवस्था गम्भीर भएकाले डाक्टरहरूले आमालाई आईसीयूमा राखे । मुखमा अक्सिजन, नाडीमा स्लाइन वाटरको पाइप, कम्मरनेर पिसाबको पोको झुन्ड्याइएकी असाध्यै निरीह मेरी आमालाई हेरीरहने साहस ममा रहेन । दिदीलाई आमाको कुरुवा राखेर म हस्पिटल बाहिर रहल्लिन थालें ।

          दसैंको स्वागतमा उघ्रिएको आकाश र सुकेको हिलोमा ध्यान दिन खोजेपनि मन अन्तै अन्तरध्यान थियो मेरो । आधि मनमा मञ्जरी थिई, आधि मनमा आमा थिईन् ।

          यतिकैमा दिदीको फोन आयो ।

          'सन्जीब तँ कहाँ छस् ? तुरुन्त आइजो त ।'

          त्यो हतास आवाजमा कुनै शुभ सङ्केत थिएन । म दगुर्दै आईसीयू अगाडि पुगें ।

          'किन ? ? आमालाई ठीक छ ??'       

दिदीका आँखा रसिला थिए । ऊ पूरै हड्बढाएकी थिई ।

          'बूढीमाउ छाडेर जाने भइन् कान्छा । डाक्टर आईसीयू मा नराखे जे पनि हुन सक्छ भन्छ, आमा आईसीयूबाट अहिल्यै निकाल भन्दैछिन् । घर लग भन्दै छिन् । छट्पटाउँदै तँलाई बोलाउन भनिन् । तँ आमाले भनेको मान् बाबू ।'

          दिदीका कुराले मन पाक्यो । गार्डले आईसीयूमा र्छिन दिएन । झन्क्क रिस उठ्यो । आमालाई भित्र साँच्चिकै सकस थियो ।

          डाक्टर मेरै रिक्समा आमालाई नर्मल वार्डमा ट्रान्सफर गर्न बल्लतल्ल मञ्जुर भयो । वार्डमा ल्याएपछि आमाले पुलुक्क हेरिन् । म नजिकै पुगेपछि हात समातिन् । उनको आँत कामेको हातैबाट थाहा हुन्थ्यो । आँखामा खस्नलाई आँसु थिएनन् । रसिला आँखाले एकोहोरो हेरी रहिन् ।

          साँझ आमाले दाल खान्छु भन्नु भो । दाल किन्न क्यान्टिनमा जाँदै थिएँ । सिस्टरहरूको क्याबिनमा हाम्रै गफ हुँदै रहेछ । डाक्टर भन्दै थिए 'बेड नं. सातको बिरामीको अलि केयर गर्नू । अरु नर्मल छ ।'

                   आमाले एक गिलास दाल सबै पिउनु भयो । दिदीले आमाको कपाल मिलाईदिंदै भनी, 'आमा अब केही हुन्न' । मुखमा अक्सिजन जोडिएकाले आमा बोल्नुभएन ।

          घरमा सानी भान्जी एक्लै भएकोले मैले दिदीलाई जबरजस्ती घर पठाएँ । दिदी जाने बित्तिकै सिस्टर आइन् ।

          'कस्तो छ आमालाई?' उसले स्लाइनको वाटर कन्ट्रोलरलाई थोरै एड्जस्ट गर्दै मतिर हेरी । कालोकालो वर्णकी, झट्ट हेर्दा मेरै श्रीमतीको उमेरकी देखिन्थी ऊ । मृदुल मुस्कानका साथ केही परेमा बोलाउनुहोस् है भन्दै गई ।

          एक घण्टापछि ऊ फेरि आई ।

          'खाना खानु भयो ?'

          यही तीन शब्दको एक वाक्यले मलाई ऊसँग नजिकिने सहजता दिलायो । 'छैन, आमा बेला बेलामा छट्पटाउनु हुन्छ । छाडेर जान मन लागेन । फलफुल छ, त्यही खान्छु ।'

          उसले मलाई हेरेर भनी, 'अरु बेडमा नर्मल प्यासेन्ट छन् । डाक्टरले आमाको अलि केयर गर्नु भन्नु भाछ । तपाईं खाना खान जानुस् म बसिदिन्छु ।'

          उसले आमालाई हेरी । मैले उसलाई हेरें । आँखा त जुधेन, एकोहोरो मन जुध्यो ।

          क्याबिन अगाडि सिस्टरहरूको ड्युटीलिस्ट थियो । एकदेखि सात नम्बर बेडसम्म आरती खड्काको नाम थियो । अर्को दिनको ड्युटीमा पनि पूजा राणाको नामसँगै त्यसको अप्सनमा आरतीकै नाम थियो । आरती खड्का रहिछे त्यो मिठो बोल्ने सिस्टर ।

   खाना होस् या खाजा जे खाए पनि अन्तिममा मेरो चिया वा कफी खाने बानी छ । खाना खाँदै टेबलबाट एक कप मिल्क कफी अर्डर गरें । फेरि एकैछिनमा विचार आयो उसलाई पनि लगिदिन्छु । खाई, ठिकै छ, खाइन आफैं खाइदिन्छु ।

          दुवै हातमा कफी बोकेर आइरहेको मलाई उसले मुस्कानले स्वागत गरी । एउटा कफी नजिकैको स्टील र्याकमा राखेर अर्को उसलाई दिंदै भनें– 'कफी लिनुस् न प्लिज ।'

खाना खाँदै टेबलबाट एक कप मिल्क कफी अर्डर गरें । फेरि एकैछिनमा विचार आयो उसलाई पनि लगिदिन्छु । खाई, ठिकै छ, खाइन आफैं खाइदिन्छु ।

          'मलाई पनि ??' केही असहजताका साथ उसले देब्रे हातले कफी समाती ।

          'र्हेनुस् न, आमाले तपाईं गएदेखि नै मेरो हात समाती रहनु भाछ ।'

          मेरी आमाको चाउरी परेको बायाँ हातले उसको दायाँ हातलाई पक्रिरहेको थियो । नजिकै गएर बोलाएँ, 'आमा ?'

          'है?'

          आमाले एकैछिन उघारेका आँखाले आरतीलाई नै हेरे । ऊ कफी बोकेर निस्किई । ऊ जाँदै गर्दा मञ्जरीको याद गाढा भयो । एक मनले रिस पनि उठ्यो माया पनि लाग्यो ।

          रातको एक बजे आमाले उल्टी गर्नुभो । लगातारको वाक्वाकी नरोकिएपछि मलाई एकदमै डर लाग्यो । म दौडदै उसको क्याबिनमा पुग्दा लामो बेन्चमा एउटा पातलो च्यादरले जसोतसो ढाकिएर ऊ पल्टिएकी थिई । मैले दुईचोटि सिस्टर भनेर बोलाएँ । ऊ निदाएकी थिई सायद । तेस्रो पटक मैले नामै लिएर बोलाएछु – 'आरती ?'

          ऊ जुरुक्क उठी । 'के भो आमालाई ?' आफ्नै आमा सिकिस्त भएझैं ऊ दौडिहाली ।

          बेडमा आमा छट्पटाइ रहेकी थिईन् । उल्टी गर्न तन्कदा पिसाब र दिसाका लागि जोडिएका थैला पनि तन्किएछन् । लिकेजबाट निस्किएको पिसाबले लपक्कै भिजेको ओछ्यानमा आमाको बुढ्यौली डुंगडुंगती गन्हाएको थियो ।

          उसले आमाको नाडिको स्लाइन वाटरको पाइपलाई मिलाई र भनी, 'आतिनु पर्दैन, उहाँको डाइजेस्टिभ सिस्टमको खराबीले यस्तो भएको हो, ठीक हुन्छ ।' उसले म भित्रको चोटलाई थुमथुम्याई । रोगको त ठेगान नै थिएन ।

          उसले नजिकैको खालि बेडलाई गुडाउँदै स्लाइन वाटरको स्ट्यान्डनेर ल्याइ पुर्याई र खुट्टाको लक लगाई ।

          'जानुस् त क्याबिनको लकरमा बिरामीका गाउनहरू छन् एउटा लिएर आउनुस् ।'

          उसले अह्राएअनुसार म दौडिएँ । गाउन लिएर आउँदा उसले आमाको भिजेको गाउन फुकाली सकेकी थिई । मैले आमालाई समातें । उसले गाउन लगाइदिंदै भनी – 'तपाईंको कोही लेडिज मान्छे थिएनन् आमालाई कुर्ने ?'

          मैले दिदीको अप्ठेरो उसलाई सुनाए । अरु त को नै लेडिज थिए र उसलाई बताउनु पर्ने ?

          मेरी आमाको पिसाबमा उस्का हात मुछिएका थिए । तर उसको आँखामा कुनै घिन थिएन । बिस्तारै खुलेका मेरी आमाका आँखा उसैलाई हेरेर रसाए । उसले पराया नमानेरै मेरी आमाको मन जिती ।

          'थ्याङ्क यू सिस्टर ।'

          मेरो आवाज भुइँमा नखस्दै उसले भनी – 'नो थ्याङ्क यू, मेरो कामै त हो ।' उसको ओठबाट ङिच्च प्रेम हाँस्यो ।

          कहिलेकाहिँ त लाग्थ्यो मेरो जीवन नै समयले लुकामारी खेल्ने थलो रहेछ । कहिले अनगिन्ति सपना देखाउँथ्यो समय, कहिले सारा विपना बढारेर लग्थ्यो । उज्यालोले आँखा चिम्लेको मेरो जीवनमा समय कतै सन्ध्याकालीन आरती लिएर त आएको थिएन ??


          मनबाट छचल्किदै आएको प्रेम आँखाको डिलैमा आएपछि मैले हिजो मञ्जरीलाई देखेको अस्पतालको आँगन केही थोपा आँसुले भिजाएँ । अस्पतालको क्यान्टिनमा भेटिएकी आरतीको प्रभातकालीन अभिवादनले मन त्यसैत्यसै भाँडिएको थियो एकाबिहानै । उसको नम्र अभिवादनको तरङ्ग मनमा गुञ्जीरहेको थियो । प्रेमका शक्तिशाली प्रतिकम्पनहरूले दिल हल्लिरहेको थियो । आकृति लोलाएका आँखा लिएर ड्युटीमा खटिएकी थिई दोस्रो दिन पनि ।

          मञ्जरी किन छाडेर गई ? स्पष्ट कारणको खोजीमा भौतारिएको झण्डै एक वर्षको अन्तरालमा उसलाई देख्दा उसका आँखामा एकरत्ति पनि मप्रतिको मोह थिएन । जिन्दगीले सन्तुलन गुमाएको बेला शायद ऊपट्टि ढल्किएको थियो समय, तैपनि मन भने मैपट्टि गह्रौं किन थियो?

          एक महिना अगाडि मैले उसको परिवारमा खबर गरेको थिएँ कि मञ्जरी अब घर आओस् कि डिभोर्स पेपरमा साइन गरोस् । आफ्नै घरमा बस्दिन भने घरकै छेउमा अर्को घर बनाइ दिन्छु, डिभोर्स गरे पनि छेउमै बसोस् यो पनि भनेको थिएँ ।

          न त आई, न त डिभोर्स मागी । मनभित्रको भारी झन् गरुङ्गो पारी रही ।

कि मञ्जरी अब घर आओस् कि डिभोर्स पेपरमा साइन गरोस् । आफ्नै घरमा बस्दिन भने घरकै छेउमा अर्को घर बनाइ दिन्छु, डिभोर्स गरे पनि छेउमै बसोस् यो पनि भनेको थिएँ ।

          मलाई जसरी पनि मञ्जरीको कुरा सुन्नु नै थियो । हृदयले जे होस् एउटा निष्कर्ष खोजेको थियो । वार्ता बन्द स्थितिको सकस मलाई अझै अरु भोग्नु थिएन ।

          हिंड्दा हिंड्दै डस्टबिनमा ठोक्किएपछि बल्ल मैले घडी हेरेँ । आठ बजिसकेको थियो । स्वीपरहरू अस्पतालको भुइँ पुच्छनमा त्यस्त थिए । मलाई बल्ल बिरामी आमाको याद आयो ।

          म पुग्दा आमाको अनुहारको चमक देखेर म आफैं छक्क परें । हिजो राति त्यत्रो जात्रा गरेकी बुढिमाउ त बेडको भित्तामा तकियाको अडेस लागेर मुसुक्क हाँस्दै बसेकी थिईन् ।

          'तँलाई नर्स नानीले दुई तीनचोटि सोधिन् । हातमा दुई कप चिया थियो ।'

          यति भनेर आमा मुसुक्क हाँसिन् । कस्तो कस्तो अप्ठेरो भयो मनमा ।

          'तपाईँको बारेमा केही भन्नु होला त्यसैले खोजेकी ।', मेरो उत्तर झर्न नपाई आमाले भनीन् – 'जा न त सोध ।'

          आमाको ठाउँ न कुठाउँ त्यतिकै फुरुङ्ग हुने बानी थियो । मञ्जरी भित्रिएको दिन आमाको भुइँमा खुट्टा थिएन । कहिल्यै ननाच्ने मेरी आमा त्यो दिन घण्टौं नाचिछिन् । गाउँका सबै छक्क । अहिले त्यही भिडियो हेरेर आँखाभरि पिलपिल आँसु बनाउछिन् ।

          मसँग सम्बन्धमा खटपट सुरु भएपछि पनि आमा र मञ्जरी आमाछोरी जस्तै प्रेम देखाउथें । मञ्जरी टाढिँदाको पीडा मलाई जत्तिकै आमालाई पनि थियो । शायद आमा त्यही पिडाको ओखती खोज्दै थिईन् ।

          आरती र मेरो काउन्टर नजिकै आँखा जुध्यो । उही मन्द मुस्कानका साथ उसले सोधी – 'चिया खानु भयो ?'

          त्यसपछि त्यो दिन चिया, खाना सबै सङ्गै खाइयो ।

'हेर्नुस् न! आज मेरो छुट्टी थियो मञ्जरीसँग भेट्छु भनेको थिएँ त्यसै भयो । '

'मञ्जरी '

'अँ ऊ मेरो बेस्ट फ्रेन्ड । '

          मन फुरुङ्ग भयो तर मैले उसलाई भनिन । तर्न नसक्ने जंघारमाथि पुल भेटिए जस्तो अनायास भेटिएकी आरती मेरो लागि भगवान जस्तै लागी ।

          आमाको स्वास्थ्यमा राम्रो सुधार आयो । दिउँसो आमालाई जाउलो खुवाएर यसो मोबाइल खेलाउँदै थिएँ, आरतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउने रहर पलाएर आयो । धेरैबेर खोजेर बल्ल भेट्टिई मैले अस्पतालमा भेटेकी आरती खड्का । बी.एन गरेकी रैछे । ह्वाइट एप्रोन सहितकै प्रोफाइल पिक्चरमा आरती मिठो मुस्कान बोकेर उभिएकी थिई । रिक्वेस्ट पठाउने बित्तिकै मनमा अलिअलि डर भरियो । डरले ‘अनडु’ हुनु अगाडि नै मैले मोबाइल खल्तीतिर घुसारी हालेँ ।

          के पो सोच्ने हो ?

          एसेप्ट गर्ली कि नगर्ली ?

          मञ्जरीले थाहा पाएर के भन्ली ?

          कि पहिला नै म मञ्जरीको श्रीमान् भएको आरतीले थाहा पाइसकी ?

          अनेकखाले सकसकले भरीयो मन । र त्यो सकसक त्यति धेरैबेर पनि टिकेन । ऊ जान्छु पनि नभनी गएको ड्युटीमा अर्की नर्स आएपछि मात्र थाहा भयो । ऊ पक्कै रिसाई । मन त्यसै खिन्न भयो ।

          जिन्दगीमा गल्ती जानेर हैन अनायास नै हुने हुन् । गल्तीले सिकाउन त सिकाउँछ तर छिट्टै बिर्सने गरी सिकाउँछ । अनि गर्दिनँ भन्दाभन्दै फेरि गल्ती दोहोरिन्छ । अचानक भेटिएकी ऊ अचानक नै हराई । मञ्जरीसम्म पुग्ने मेरो पुल फेरि भाँचियो ।

          आरतीको सट्टा आएकी नर्स आमालाई फिटिक्कै मन परेन । ऊ बनावटमा आरती भन्दा राम्री थिई । सजावटमा पनि राम्री नै थिई तर ओंठमा आरतीको झैँ मन्द मुस्कान थिएन । अनायासै प्रेसर कुकरको सिठ्ठी जस्तै झन्क्क झर्कन्थी ।

          'त्यो नानीलाई एक दिनलाई रोक्न नि सकिनस्? ', आमाको मन ठुँस्कियो ।

          आमाको महत्वकाक्षां खिस्रिक्क पर्यो । कसरी रोक्नु हो र मैले ? आफ्नै श्रमितीले त सँगै पादेको ओछ्यान छाडेर गएकी थिई । अरु त को मैले रोक्नु !

          केही नभए पनि रातमा आमाले पन्ध्रचोटि सुनाउनु भो अब अस्पतालमा बस्न सकिन्न भनेर । म पनि भित्रैबाट गली सकेको थिएँ । मञ्जरी आउली, अस्पतालको उपचार नि:शुल्क गराउली किन बन्नु दयाको पात्र ? किन लिनु भिक्षा दान ? यसै जिन्दगी बाँझो उसै जिन्दगी बाँझो ।

          'त्यो नानी आई कि हेर त ।'

          बिहानको ड्युटी सुरु हुने बेला आमाले मनको लय सुनाउनु भो । लय मिठो भएर के लाग्छ र खरी झरेको मादलले ताल नमिलाएपछि ?

'छैन आमा ।'

          आमालाई घर लगेपछि दुईचार दिन म घरै बसें । फेसबुकमा आरती जोडिने आशा मर्दै जान थाल्यो । आमा राम्रैसँग खान, हिडेर वाथरुम जान थालेपछि म काठमाडौं फर्कने निधो गर्न थालें ।

          'आको बेलामा घर व्यवहार मिलाएर जा ।'

          म आमाको ठाडो आदेशले फेरि केही दिन रोकिएको थिएँ । घर व्यवहार मिलाउनु त थियो तर सहज थिएन । घरको धमिरा लागेको मूलथाम आमा थिईन् । वरिपरिको गारो म थिएँ । सबै थियो तर छानो थिएन । छानै नभएसी घर पनि घर जस्तो थिएन ।

          अस्पतालबाट फर्केको दशौं दिन आमालाई फेरि बेस्मारी पखाला चल्यो । उल्टी पनि उल्कैसँग भयो । आधा रातमा आमाका आँखा बटारिए । आमा भन्छु बोलाउँछु, आमा 'है' भन्नुहुन्छ परपर हेर्नुहुन्छ । हेर्दाहेर्दै आमाको मुख सोहोरिएर आयो । छर छिमेकले आमालाई तुलसाको मोठमा पुर्याए । छातीमाथि भक्कानिदै टाँसिएको मेरो कानैनेर आमा सुस्तरी खुस्खुसाउनु भो, – 'त्यो नानीलाई बोला न ।'

          त्यो नानीलाई मैले बोलाउनै नपाई आमा मलाई र बालाई एक्लै छाडेर गइन् ।

छर छिमेकले आमालाई तुलसाको मोठमा पुर्याए । छातीमाथि भक्कानिदै टाँसिएको मेरो कानैनेर आमा सुस्तरी खुस्खुसाउनु भो, – 'त्यो नानीलाई बोला न ।'


           'आगँन पोलेर भित्र्याएकी बुहारी हो, अन्त गाकि हैन माइतीमै छे आओस् नआओस् बोलाउनु पर्छ ।'

          गाउँले लगायत मेरा बा मञ्जरीलाई बोलाउने कुरामा एकमत भएपछि उसलाई अस्पतालमै फोन गरेर बोलाईयो । नभन्दै काज किरियाको तेस्रो दिन मञ्जरी आई । चोख्खिइवरी मसँगै काज किरियामा सामेल पनि भई ।

          जे होस् ऊ आई । बितेको एक वर्षको गुनासो गौण भएर गयो । सम्झानामा अतीतको सहयात्रा छँदैथियो । एक अर्कालाई बुझेर बाँच्नुपर्ने लामो भविष्यको सुरुवात भएको थियो फेरि एकचोटि ।

          'तिमीसँग कुरा गर्नु छ ।'

          मञ्जरी आएको दिनदेखि एक शब्द पनि दोहोरो कुरो भएको थिएन । आमाको बाह्रौ दिनको मध्यान्ह ऊ बोलेकी थिई अकस्मात् ।

          'साँझ कुरा गर्दा हुन्न र?'

          कामको ब्यस्तता उसले पनि त देखेकै थिई । आउने जानेको खोज खबर बीच म उपस्थित हुनै पर्थ्यो ।

          'मसँग टाइम छैन ।', ऊ सन्किएकी थिई । उस्का ओठहरू फर्फराई रहेथे ।

          मैले उसलाई पुलुक्क हेरें । गुरुलाई दान गरेको गाइको बाच्छी ‘ग्वाँ’ गरेर करायो । उसलाई सुनेकी गाउँकी भाउजुले मैतिर हेरिन् । म नबोलेपछि उनले मञ्जरीलाई भनिन् –

          'के भनेकी मञ्जरी ?', अब पुराना कुरा भुलिदेऊ । बाबुको मनमा पाप छैन, भित्री घरायसी कुरा मलाई थाहा छैन । तिमीलाई जानु नै थियो त यो तमासा गर्न फेरि किन आयौ ?'

          भाउजुको कुरा उसले नसुने जस्तो गरी । थाहै नपाइ मेरो आँखा आँसुले टिल्पिलाएछन् ।

          'मैले जाने बेलामै भनेर गएको थिएँ । तिम्रो बाटो खुल्ला छ । भोलि अदालत आऊ अरु मलाई केही भन्नु छैन ।'

त्यसपछि ऊ यसरी हिडेकी थीई कि उस्लाई हेरेर सबैमा आँखा आश्चर्यमा चम्किएका थिए ।

   'परालको आगो भन्थे, यो त सालघारीको डढेलो बनेर निस्कियो ।', बाका आँखा उतै बुहारीतिरै अड्किए ।


          अर्को दिन अदालतमा हामी बीचको सम्बन्ध कानुनत: समाप्त भयो तर एउटा कागजको पन्नामा टुँगिएको सम्बन्धले मनका सम्बन्धहरूलाई टुङ्ग्याउन सक्दैन रहेछ । मान्छे आफ्नै निर्णयको बन्दी बन्दो रहेछ पटकपटक । अदालतको गेटमा उसले गरेको चिया पिउने प्रस्ताव ठाडै इन्कार गर्न नसक्ने मेरो मन जिन्दगीका दुविधाहरूको कोलाहलमा हराएको थियो ।

          एउटा होटलको साँघुरो टेबलमा ऊ सामुन्ने भएर बसेकी थिई । थाहा थिएन । उसले किन गीत गुन्गुनाई । त्यो दिन मेरै मनको राग उसले गाई । शायद मेरो मनको वैराग्य उसले मेरो मुहारमा हेर्ने वाहना खोजेकी थिई ।

          चिया आयो । टेबलमै सेलायो । मैले पटक पटक चियाको गिलास टेबलमै घुमाएँ । उसको अनौठो आग्रह, मेरो मौन स्वीकृति कसरी सम्बन्ध टुटेका प्रमाण हुन सक्थे ? सम्बन्ध टुटेको थिएन भनौं त अदालतको कागज टेबलमाथि आफैं अलपत्र थियो दुई जिन्दगीलाई अलपत्र पारेर ।

          उसले गलाको सिक्री फुकाउन हात उठाउँदा उसको ऐश्वर्यमय सुन्दरताले मैलाई गिज्यायो । त्यही छुटिनुको कागजी प्रमाणमाथि टिकाटालोको सिक्री राखेर उसले भनेकी थिई-

          'थ्याङ्क यू फर योर लभ ।'

          बेसाहारा बनेको मनलाई सानै झड्काले पनि गलाउँदो रहेछ । मन उसकै अगाडि गल्यो, आँखा उसकै अगाडि पोखिए । त्यो कुइनेटाको टेबल मेरो अधुरो प्रेमको साक्षी भयो ।

          'म तिमीलाई अझै प्रेम गर्छु मञ्जरी ।'

          'त्यही त तिम्रो प्रब्लम हो ।', एकपटक मेरो आँखाहरूमा समेत नहेरी       उसले कति सजिलै बुझाइ दिई मेरो समस्या ।

          मैले सिक्री लिन मानिनँ । उसले सिक्री लान मानिन । भावनाको बिद्रोहमा अलपत्र परेको जिन्सी अन्त्यमा मैले नै उठाएँ ।

' ठीक छ पूरै पखालेर जाऊ मेरा स्पर्शका यादहरू पनि ।'

' बाँकी छैन अब ।', यति भन्दै ऊ त उठिसकेकी थिई टेबलबाट, मैले हात तानेँ । ऊ मेरो काखैमा आइपुगी सजिलै । मन कति कमजोर उसलाई नपक्रिऊँ भन्दाभन्दै पनि एक कसिलो फन्को मारे हातहरूले उसको कम्मरमा ।

ऊ केही क्षण त्यतिकै बसी अचम्मैसँग । मनलाई पानीपानी बनाएर केही क्षणमा उसले भनी, 'सायद तिमिलाई तड्पन यति नै काफी हुने छ, तिम्रो काँखमा मेरो नितम्बको अन्तिम डोबहरू ।'

यसरी ऊ नर्बिसने नासो छाडेर गई ।


          म खालि हात काठमाडौं फर्किएँ । काठमाडौंले तिरस्कार गरेन । फेरि सम्हालिएँ । बिस्तारै कामहरूमा हराउँदै गएँ । पाइलाहरू केही हलुका हुँदै गए ।

          लामो अन्तरालपछिको एक अल्छीलाग्दो साँझ मैले फेसबुक सम्झीएँ । को कहाँ कसरी छन् । आखिर अरुकै चियो गर्न रुचाउने मान्छको मन ।

          समवेदनाका म्यासेजहरूले भरिएछ मेरो अकाउन्ट । तिनै समवेदनाहरूसँगै आरतीको लामो म्यासेज देखें,– 'आमाको अकल्पनिय निधनको खबरबाट म एकदमै दुःखी छु । मसँग तपाईंको मनलाई शान्त गराउन सक्ने क्षमता नभए पनि भगवानसँग प्रार्थना गर्दछु तपाईंको आमाको स्वर्गमा बास होस् अनि तपाईंलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् । दुविधै दुविधामा रिक्वेस्ट एसेप्ट गर्न समय लागेकोमा म क्षमा चाहन्छु ।'

          'हेलो', कुनै चिसो साँझ सिरकभित्रै आइपुगेको थियो उसको म्यासेज । सन्चो बिसन्चोको छोटो वार्तालापपछि उसले लेखेकी थिई, 'आइ वाज सक्ड होएन आइ न्यु यु आर म्यारिड ।'

          'तर किन ?', ममा विवाहित हुनसक्ने यौग्यता तिमीले देखिनौ र ?'

          उसले केही समयपछि मात्रै रिप्लाई लेखी, – 'मञ्जरी इज माइ बेस्ट फ्रेन्ड । फस्ट अफ अल ऊ म्यारिड भएकोले सक्ड भएँ । सेकेन्ड तपाईं उसको श्रीमान् भएकोमा सक्ड भएँ ।'

          किनकिन यसपटक मञ्जरीको नामै सुनेर मन अघायो । हतारहतार अफलाईन भएँ ।

सन्चो बिसन्चोको छोटो वार्तालापपछि उसले लेखेकी थिई, 'आइ वाज सक्ड होएन आइ न्यु यु आर म्यारिड ।'

          अर्को चिसो साँझ फेरि उसै गरी सुरु भयो र्वातालाप । कुराकानीको सुरुमै उसले आग्रह गरी, 'नभनीकन अफलाईन नहुनु ल ?'

          उसको प्रस्तावलाई मैले स्वीकारेपछि उसले लेखी, – 'लेट अस नो एभ्री थिङ अबाउट इच अदर । आक्स मि द क्वेसन्स ह्वाटएभर यू लाईक ।'

          'जीवनमा अनगिन्ति अनुत्तरित प्रश्न छन् । कति प्रश्नका उत्तर नै छैनन् र कति प्रश्नका आफैँसँग उत्तर छन् । सो नट इन्ट्रेष्टेड ।'

          'त्यस्तो पो हो ? बट आई एम इन्ट्रेष्टेड, मे आई आक्स सम ?'

          खै कस्तो प्रश्न सोध्नु थियो उसलाई थाहा थिएन । मलाई ऊ मेरी भुतपूर्व श्रीमतीको साथी भएको थाहापाउनु नै पर्याप्त थियो, अरु केही जान्नु आवश्यक नै लागिरहेको थिएन ।

          'यु स्टील लभ हर ?'

          'नो ।'

          उसले पत्याइन र लेखी, 'नो थ्यांक्स फर रङ आन्सर । '

          उसको म्यासेज पछाडि लस्करै हाँस्दै आएका स्माइलीहरू मलाई मन परेन । उसले तुरुन्तै फेरि लेखी, 'नौनी जस्तो हुनुहुन्छ रे ।'

उसै पनि छोडी जाने श्रीमतीकी साथी । के थाहा ऊ मेरी जासुस पनि हुन सक्थी ! म अफलाईन त भइनँ तर म्यासेज पनि लेखिनँ । उसले एकदुई मिनेट एकदुई मिनेटको अन्तरालमा थुप्रै अनुत्तरित म्यासेज पठाई-

          'हलो'

          'किन हराको ?'

          'आर यू डिस्टर्ब्ड ?'

          'खाना खानु भयो ?'

          'आर यु अ टिचर ?'

          'वाउ आई लभ माई लेक्चर्रस । मलाई मन पर्ने प्रोफेसन !'

          'प्रोफाइलमा इन्ट्रेस्टेड इन ओमन लेख्नेहरू गल्र्सहरूसँग धेरै बोल्दैन रैछन् । हि ! हि ! हि !'

          'आइ एम सरी ।'

          'गुड नाइट ।'

          उसले सके जति मेरो प्रोफाइल खोतली । ऊ किन उत्साहित थिई थाहा थिएन । मेरा सबै कुरा धुतेर मञ्जरीलाई सुनाउने उद्देश्य पनि हुन सक्थ्यो उसको । ऊ आफैं अफलाईन भए पछि रिप्लाई नगरी अफलाईन भएँ म । मन त उहिल्यै अफ भइसकेको थियो ।

          उसलाई मैले चाहेको कुनै प्रमाण थिएन । अस्पतालको त्यो भेटघाट । नजानिंदो आत्मियता र आमाको अन्तिम समयमा उसलाई देख्ने आग्रह यी त सबै र्यान्डम इभेन्ट्स न थिए । खैर, मनमा फुलेको फूल जस्तोसुकै कलरमा फुलोस् ।

आज भन्दै भोलि भन्दै सिङ्गै वर्ष बित्यो । कति दुःख झेलियो कति खुसी भइयो । अघिल्लो वर्षझैं मञ्जरीको सम्झनामा धुम्मिएको आकाशझैं यो बर्ष त्यति मन धुम्मिएन ।

आरतीसँगको अनवरत अनलाईन कुराकानीले मन कता कता हराउन थालिसकेको थियो । केही यस्ता कुराहरू हुन्थे जुन आत्मियताको हदैको विन्दुमा मात्र हुने गर्छन् । ऊ आफ्ना सबै दिनचर्या मलाई नसुनाइ निदाउन नसक्ने भइसकेकी थिई । नाइट ड्युटीको प्रेसर, मिन्स हुँदाको पेट दुखाई, हस्पिटलमा कसैले मिसबिहेब गर्दाको आवेग ऊ सबै भन्थी । तर त्यो निकटतासँग मैले मेरो जिन्दगी कहिल्यै देखिनँ । मान्छे नचिन्ने आफ्नै चरित्रबाट फेरि एकपटक म नराम्ररी ठगिएको थिएँ ।

          बाको छोराले बिहे गरोस् भन्ने चाहनाअनुरुप म बिहे गर्न तयार भएको मैले आरतीलाई सुनाइनँ । म यसरी एकोहोरिएको थिएँ कि मैले आरतीलाई मञ्जरीको साथी बाहेक अरु दृष्टिकोणबाट देखेर पनि महशुस गरिनँ । उसका हरेक कुरा सुनेर पनि मैले मेरा कुरा भनिनँ । फेरि एउटा विवाहित पुरुषले आफ्नै छोडिजाने श्रीमतीको आत्मिय साथीसँग त्यति सजिलै विवाहको प्रस्ताव राख्न पनि त सक्दैन । उसले घिनौना सोच्ने डर पनि त थियो मनैमा ।

ऊ त्यति राम्री पनि थिईन । फेसबुकमा बेलाबेलामा पोष्ट भएका फोटाहरूका आधारमा भन्ने हो भने ऊ नसुहाउँदो मोटी पनि भएकी थिई । भेटेरै नियाल्नुको अनुभव बिना नै मुल्याङ्कन गर्ने हो भने ऊ त्यति 'हट' केटी थिईन जति मेरी भूतपूर्व श्रीमती थिई ।

                   ऊ त्यति राम्री पनि थिईन । फेसबुकमा बेलाबेलामा पोष्ट भएका फोटाहरूका आधारमा भन्ने हो भने ऊ नसुहाउँदो मोटी पनि भएकी थिई । भेटेरै नियाल्नुको अनुभव बिना नै मुल्याङ्कन गर्ने हो भने ऊ त्यति 'हट' केटी थिईन जति मेरी भूतपूर्व श्रीमती थिई ।

          तर आज अन्तर्यमा घटिरहेको सत्य के रहेछ भने मलाई मेरी पूर्वश्रीमती झैं ‘हट’ अवतार नभएर नारीको त्यो अवतारको चाहना रहेछ जो आफ्नो मृदुल मुस्कान र प्राकृतिक सरलताले नै बाँझो जीन्दगीका पाटाहरू भिजाइ दिन सकोस् ।

          उसले डाँको छोड्दा मेरा आँखा भिजेपछि बल्ल महसुस भयो मैले आरती जस्तै मान्छे खोजेको रहेछु जीवनमा । मैले खोजेको आरतीजस्तै । आरतीले रोजेको म जस्तै । तर बाले रोजेर मैले स्वीकारेको अरु नै कोही । यही विरोधाभाषमा गएर टुङ्गियो मेरो र आरतीको कथा ।

          जीवनको कथा त टुङ्गियो तर मनको कथा टुङ्गिएन । दोस्रोचोटि बेहुला बन्दै गरेको अघिल्लो रात मन पागल जस्तै भयो । आरतीका अन्तिम वार्तालापका कुराहरू सम्झिएर मलाई एकदमै पीडा भयो ।

          'तिम्ले किन भनिनौ ?'

          'तिम्ले पनि त सोधेनौ ?'

          'कसरी सोध्न सक्थें ? तिमी त मेरी श्रीमतीको बेस्ट फ्रेन्ड ।'

          'हो मैले पनि तिम्रो हृदयमा तिम्रै श्रीमती देखेर भन्न सकिनँ । मञ्जरीको हृदयमा तिमी थिएनौ, त्यो पनि भन्न सकिनँ । '

          'थाहा छ म कति उत्साहित थिएँ तिमी काठमाडौं आउँदैछौ भन्ने थाहा पाउँदा ?'

          'म त झन् रोमाञ्चित थिएँ त्यो आत्मीय अनुहारलाई देख्ने कुराले ।'

          'अनि किन भेटिनौ त ? फोन नं. किन दिइनौ ?'

          'किनकी मलाई तिमीसँग छिट्टै भेटेर छिट्टै छुट्टिनु थिएन ।'


          स्वयंवरको माला फ्याकेर बाको बदनामी र्हेनु थिएन मलाई । त्यसैले चोइिटएर आरतीसँग बिदा मागें अन्तिमचोटि ।

          उसले मलाई नचिन्दै मन पराई । कति उत्साहित भई । कतै हतोत्साहित भई । आखिर प्रेममा हुने नै यस्तै रहेछ । मेरो फेरि बिहे भयो । आरती आउँछु भनेकी थिई आइन ।


z