• २०८१ बैशाख १५ शनिबार

स्मार्ट टेलिकमद्वारा साथी सिम सार्वजनिक

kharibot

काठमाडौं । स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ ग्राहकहरूको लागि स्मार्ट साथी सिम सार्वजनिक गरेको छ, जस अन्तर्गत मात्र रु. ९९ मादुई वटा स्मार्ट साथी प्राप्त गर्न सकिने भएको छ । साथै यी दुई स्मार्ट साथी सिमबीच मात्र २५ पैसा प्रतिमिनेटमा (करवाहेक) एक आपसमा कुरा गर्न सकिने कम्पनीले जनाएको छ ।

यी दुवै स्मार्ट साथी सिममा रु.२५ को मेन ब्यालेन्स, रु.२५ बोनस ब्यालेन्स र ३०० एमबि डाटा पनि समावेश गरिएको छ । उक्त बोनस ब्यालेन्स र डाटा ३० दिनको लागि मात्र मान्य हुने छ ।

स्मार्ट टेलिकमका ग्राहकहरूले अब मज्जाले आफ्नो साथीसँग मात्र २५ पैसाप्रति मिनेटमा कुराकानी गर्न सकिने छ । साथै ३०० एमबी डाटा, रु.२५ मैन ब्यालेन्स र रु.२५ बोनस ब्यालेन्सको पनि मज्जा लिन सकिने छ । 

प्रविधिको कुरा गर्दा, उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक फोरजि प्रविधिको प्रयोग गर्दै आएको छ । नेपालका दूरसञ्चार अपरेटरहरु मध्ये स्मार्टको उच्चतमपिक डाटा रेट र औसत डाटा रेट रहेको छ । स्मार्टका फोरजी प्रयोगकर्ताहरुले प्रतिसेकेन्ड ७० एमबीको पिक डाटा तथा ४० एमबीको औसत डाटा रेट प्राप्त गरिरहेको छ, जुन अन्य नेटवर्कहरुको भन्दा उच्च हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको सर्वेक्षण अनुसार स्मार्टको डाउनलोड १०० प्रतिशत सफलता दरमा न्यूनतम २७.६९ एमविपिएस तथा अधिकतम ५७.८५ एमविपिएस गति प्राप्त भएको छ । यो प्रचलित ३६.२१ एमविपिएसको उच्चगति भन्दा स्मार्टको गति अधिक हुन पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै