‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर सार्वजनिक

खरीबोट

काठमाडौँ । आगामी बैशाख २० मा रिलिज हुने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।

'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा विदेश जान मरिहत्ते गर्ने आम नेपालीको आम धारणालाई फिल्ममा विषय बनाइएको सजिलै बुझ्न सकिन्छ । 

फिल्ममा हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतको प्रमुख भूमिका रहेओ छ । 

ट्रेलरमा अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिएकी छन् । फिल्मका सबै कलाकारलाई स्थान दिन खोज्दा ट्रेलर केही गन्जागोल जस्तो देखिन्छ । 

मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । 

फिल्ममा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ ।

मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ । 

सम्बन्धित समाचार

‘जात्रै जात्रा’ को नयाँ गीत ‘जीवन जात्रा हो’ रिलिज 

काठमाडौँ । आउँदो जेठ ३ गतेलाई रिलिज तोकिएको प्रतिक्षीत फिल्म ‘जात्रै जात्रा’ को नयाँ गीत रिलिज गरिएको छ । ‘माया पिरिम’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले

गौरव शिक्षक र अनु पत्रकार बनेको फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिरहेको छ

विकेन्डमा ‘ए मेरो हजुर-३’ र ‘यात्रा’ को सुखद कलेक्सन 

काठमाडौँ । नयाँ वर्ष २०७६ को अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्मले राम्रो विकेन्ड कलेक्सन गर्न सफल भएका छन् । अनमोल स्टारार ‘ए मेरो हजुर-३’ र सलिनमान बानियाँ स्टारार

फिल्म ‘वीरविक्रम २’ को गीत ‘बाचा’ सार्वजनिक

काठमाडौँ । फिल्म ‘वीरविक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बाचा शिर्षकको गीतमा नायक पाउल शाह र वर्षा शिवाकोटी फिचर्ड रहेका छन् । यसअघि सार्वजनिक गरिएको पुरानो चर्चित गीत


z