काठमाडौं । आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा चेन्नईले कोलकोतालाई ५ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चेन्नईका लागि सुरेश रैनाले अविजित ५८ रन बनाए भने रविन्द्र जडेजाले अविजित ३१ रन बनाएका थिए । त्यस्तै एफडु प्लेसिसले २४, केदार जादवले २० तथा महेन्द्र सिंह धोनीले १६ रन बनाएका थिए ।
त्यस्तै कोलकोताका बलर पियुष चावला र सुनिल नारनले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।
कोलकोताका लागि क्रिस लीनले ८२ रन बनाएका थिए । त्यस्तै सुनिल नारनले २१, दिनेश कार्तिकले १८, शुभम गीलले १५ र आन्द्रे रसेलले १० रन बनाएका थिए । चेन्नईका बलर इमरान ताहिरले ४ विकेट लिए भने श्रदुल ठाकुरले २ तथा मार्कोस स्टनरले एक विकेट लिए ।
प्रतियोगितामा चेन्नईले ८ खेलमा ७ खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोलकोताले ८ खेलमा ४ खेलमा जित हासिल गरेको छ भने ४ खेलमा पराजित भएको छ ।