प्रधानमन्त्रीद्वारा समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण 

खरीबोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।

आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए । 

“राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भन्नुभयो “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।”

प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । “सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ ” प्रधानमन्त्री ओलीले भने,“यसका लागि तपाईंहरुलाई बधाइ छ ।”

प्रधानमन्त्री ओलीले यस बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पारे । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिती थियो ।
 

सम्बन्धित समाचार

काँग्रेसले राजतन्त्र फर्काउने सपना बोकेको देख्दा अचम्म लाग्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको आरोप लगाएका छन् । नेकपाको स्थापना दिवसको अवसरमा

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री महामहिम रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देस पठांउदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका

प्रधानमन्त्री ओलीद्वारा उजीरसिंह थापाको शालिक अनावरण

बुटवल । झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा आज राष्ट्रिय झण्डा फहराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय

प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासीका कार्यक्रममा सहभागि हुदै

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने तीनवटा कार्यक्रममा सहभागि हुने भएका छन् ।  प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका वडा नं १


z