एक हजार पाँच सय कर्मचारी कारवाहीको सिफारिसमा    

खरीबोट

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ ।    

केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए ।

उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् ।    

निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ ।    

यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।
 

सम्बन्धित समाचार

एक हजार तीन सय कर्मचारीलाई कारवाहीका लागि सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस

समय र नियम पालना नगर्ने कर्मचारीलाई कारबाही

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको


z