• २०८१ बैशाख १५ शनिबार

एसइई दिएका विद्यार्थीहरुका लागि एनसेलले ल्यायो पहिलो सिम अफर 

kharibot

काठमाडौँ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।

यो पहिलो सिमको मुल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

रु.१- एसइई सिम कार्ड (पहिलो सिम) का अफरहरुः

एसइइ सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु. १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले रु.५० वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ । यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि  ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नु हुनेछ ।

यो पहिलो सिम अफर यही २०७६ बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ ।

थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सकिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै