• २०८१ बैशाख १५ शनिबार

परिवारको बलमा बलिवुडमा आएका कोहि सुपरहिट कोहि फ्लप 

kharibot

काठमाडौँ । बलिवुडमा नातावाद र कृपावादको बहस अहिले निकै चलिरहेको छ । फिल्म उद्योगका सेलिब्रेटीले आफ्ना परिवारका सदस्यलाई मौका दिएर क्षमता भएका उद्योग बाहिरका कलाकारले मौका नपाएको बारे धेरै नै चर्चा हुने गरेको छ ।

यस रिपोर्टमा बलिवुडका ५ यस्ता स्टार जसलाई उनीहरुका पिताले बलिवुडमा ल्याए, उनीहरुको बलिवुड यात्रा कस्तो रह्यो भन्ने बारे चर्चा गर्दै छौ ।

यस सुचिमा सबै भन्दा अगाडी कपुर परिवार आउने गर्दछ । कपुर परिवा बाट पृथ्वीराजा कपुरले सबैभन्दा पहिला बलिवुडमा कदम राखेका थिए । यसपछि पृथ्वीराज कपुरले राज कपुरलाई र राज कपुरले ऋषि कपुरलाई बलिवुडमा ल्याएका थिए । ऋषि कपुरलाई फिल्म बबीबाट बलिवुडमा लन्च गरिएको थियो । बक्स अफिसमा यस फिल्मले तहल्का नै मचाएको थियो । बबी भन्दा अगाडी नै ऋषि कपुरले मेरा नाम जोकरमा अभिनय गरेको भएपनि हिरोको रुपमा बबीमा उनलाई लन्च गरिएको थियो । बबी पछि ऋषि कपुर बलिवुडमा अत्यन्त सफल अभिनेताको रुपमा आफ्नो पहिचान बनाएका थिए ।पछिल्लो समय स्वास्थ्यका कारण उपचारमा रहेका ऋषि कपुर अहिलेसम्म पनि बलिवुडमा सक्रिय छन् ।  

यसपछि अभिनेता संजय दत्तले फिल्म रकीबाट डेभ्यु गरेका थिए ।यस फिल्मलाई उनका पिता सुनिल दत्तले निर्देशन गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो । यस पछि बलिवुडमा संजय दत्तको क्यारियर निकै सफल रह्यो । क्यारियरको बिचमा अवैध हतियार राखेको आरोपमा जेल पुगेका दत्तले अहिले फेरी फिल्ममा सक्रिय रहेका छन् ।

सन् १९९८ मा बलिवुडमा फिल्म प्रेम अगनबाट डेभ्यु गरेका फरदीन खानले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन असफल भए । पिता फिरोज खानले बलिवुडमा लन्च गरेर केहि सफल फिल्ममा काम गरेपनि अहिले बलिवुडमा निष्क्रिय जस्तै छन् ।

सन् २००० मा सुपरहिट फिल्म कहो ना प्यार है बाट बलिवुडमा डेभ्यु गरेका अभिनेता ऋतिक रोशन अहिलेका चर्चित अभिनेता मध्ये एक हुन् । पिता राकेश रोशनले बलिवुडमा लन्च गरेपछि ऋतिकले आफ्नो क्यारियरलाई निकै अगाडी बढाएका छन् । उनी बलिवुडमा सफल फिल्म दिने निकै कम अभिएन्त मध्ये एक हुन् । 

आफ्ना पिताले बलिवुडमा लन्च गरेका अर्का अभिनेता हुन् हरमन बवेजा । लव स्टोरी २०५० बाट आफ्नै पिताको निर्देशनमा बलिवुडमा डेभ्यु गरेका हरमनको यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यसपछि उनले अभिनय गरेका ६०७ फिल्म फ्लप भएपछि बलिवुडबाट टाढा भए ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै