धोनीको तुफानी ब्याटिंगका बाबजुत बैंगलोर एक रनले विजयी

खरीबोट

काठमाडौँ । आइपिएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलोरले चेन्नईमाथि एक रनको सनसनीपूर्ण जित निकालेको हो ।

बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नई २० ओभरमा ८ विकेट गुमाउदै नाटकीय रुपमा १६० रनमा समेटिएको थियो ।

चेन्नईका कप्तान महेन्द्र ह धोनीले ४८ बलमा ८४ रन बनाए पनि अन्तिम बलमा जितका लागि आवश्यक २ रन बनाउन असफल भएका थिए । अन्तिम बलमा श्रदुल ठाकुरलाई बैंगलोरले रन आउट गरेर खेल एक रनले जितेको थियो ।

चेन्नईका लागि धोनीको तुफानी ८४ रन बाहेक अम्बाती रायाडुले २९, रविन्द्र जड़ेजाले ११ रन बनाएका थिए ।

बैंगलोरका बलर डेल स्टेन र उमेश यादवले २-२ विकेट लिएका थिए । त्यस्तै नवदीप सैनी र युजवेंद्र चहलले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो । बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै मोइन अलीले २६, एबी डिभिलीयर्सले २५, आकाशदीप नाथले २४ र मार्कोस स्टोइनिसले १४ रन बनाएका थिए ।

चेन्नईका बलर दिपक चहर, रविन्द्र जड़ेजा र डावने ब्राभोले २-२ विकेट लिएका थिए भने इमरान ताहिरले एक विकेट लिएका थिए ।

प्रतियोगितामा १० खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ भने चेन्नई सुपरकिंग्सले तेस्रो हार बेहोरेको छ । चेन्नई हारका बाबजुत १४ अंकसहित अझैपनि शिर्ष स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग जयपुरमा खेल्दै छ ।

सम्बन्धित समाचार

आइपिएलका यी खेलाडी जसले टिमलाई जिताए र डुबाए ! 

काठमाडौँ । डेढ महिना लामो आइपिएल सकिएको छ । मुम्बई इण्डियन्सले रोमान्चक खेलमा चेन्नईमाथि एक रनको जित हासिल गर्दै चौथो पटक आइपिएलको उपाधि जित्यो । यस रिपोर्टमा आइपिएल फेन्चाईजले किनेका खेलाडीको

आइपिएलमा कसले कुन अवार्ड र कति रकम जिते ?

काठमाडौँ । आइपिएलको यस सिजन सकिएको छ । मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गर्दै चौथो पटक आइपिएल उपाधि जितेको छ । यस आइपिएलमा जित हासिल गर्दै मुम्बईले

आइपिएलको उपाधि मुम्बई इण्डियन्सले जित्यो 

काठमाडौँ । इण्डियन्स प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा मुम्बईले चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले

आइपिएल फाइनल : मुम्बईले चेन्नईलाई दियो १५० रनको लक्ष्य 

काठमाडौँ । आइपिएल अन्तर्गत फाइनल खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्सलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको हो


z