काठमाडौँ । फ्रेन्च लिगको उपाधि पिएसजीले ५ खेल अगाडी नै जितेको छ । गएराती सम्पन्न दोस्रो स्थानमा रहेको क्लब लिले र टोउलोउसबीचको खेल बिना कुनै गोल बराबरीमा सकिएपछि पिएसजीले यस सिजनको लिग उपाधि जितेको हो ।
यसैबीच गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।
पिएसजीका लागि तीन महिनादेखि इन्जुरीका कारण मैदान बाहिर रहेका ब्राजिलका चर्चित खेलाडी नेइमार यसै खेलबाट खेलमा फर्किएका छन् ।
त्यस्तै एम्बाप्पेले आफ्नो ह्याट्रिक सहित लिगमा अहिलेसम्म ३० गोल गरेका छन् ।
योसँगै पिएसजीले ८औ पटक लिग वानको उपाधि जितेको छ । फ्रेन्च लिगमा सेन्ट इसाइने र मार्सेलीले पिएसजीले भन्दा बढी १० र ९ पटक उपाधि जितेका छन् । पिएसजीले अघिल्लो बर्ष पनि लिग वानको उपाधि जितेको थियो । पिएसजीले पछिल्लो ७ बर्षमा ६ पटक लिगको उपाधि जितेको हो ।