• २०८१ बैशाख १५ शनिबार

सूर्यावंशीमा अक्षयकुमारको पत्नीको भूमिकामा कट्रिना

kharibot

मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफले फेरी एक पटक अक्षयकुमारसँग फिल्ममा काम गर्ने भएकी छन् ।

कट्रिनाले चर्चित फिल्म निर्देशक रोहित शेठ्ठीको नयाँ फिल्म सूर्यावंशीमा अक्षयकुमारको पत्नीको भूमिका निभ्याउने भएकी छन् ।

कट्रिना आफैले सामाजिक संजालमा निर्देशक रोहित, निर्माता करण जोहर र अक्षयकुमारसँगको एक तस्वीर सार्वजनिक गर्दै सो कुराको पुष्टि गरेकी हुन् । कट्रिनाले सूर्यबंशी टिममा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै रोहित शेठीसँग पहिलो पटक काम गर्ने मौका पाएकोमा उत्साहित भएको बताएकी छन् ।

फिल्ममा अजय देवगन र रनबीर सिंहको समेत विशेष भूमिका हुने बताइएको छ ।

अक्षयकुमार र कट्रिना एक समयका अत्यन्त सफल जोडी मानिन्छन् । उनीहरुले सिंह इज किंग, वेलकम, नमस्ते लन्डन, दे दनादन, हमको दिवाना कर गए जस्ता सफल फिल्ममा सँगै अभिनय गरेका छन् । पछिल्लो पटक दुवैले सन् २०१० मा तीस मार खानमा अभिनय गरेका थिए । यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

अब दुवै करिब १० बर्षपछि फेरी सँगै पर्दामा आउने भएका छन् । फिल्म सूर्याबंशी २०२० को जुलाई ३० मा रिलिज हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै