• २०८१ जेठ ३ बिहीबार

नवनियुक्त न्यायाधीशको योग्यता पुगेन – बार एशोसिएशन

kharibot

काठमाडौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्दा संविधानबमोजिम अनुभव, योग्यता र क्षमतामा प्रश्न उठेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

बारका महासचिव लीलामणि पौडेलले बारको यही वैशाख ६ देखि ९ गतेसम्म बसेको बारको बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरेको विज्ञप्तिमा संविधान र कानूनअनुसार योग्यता नभएका व्यक्ति न्यायाधीशमा नियुक्ति गर्दा न्यायालयमा कार्यरत निष्ठावान् न्यायाधीश र कानून व्यवसायीको शिर निहुरिएको उल्लेख छ ।

न्यायाधीश सिफारिश संविधानबमोजिम योग्यता पुगेका, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, व्यावसायिक निष्ठा र पेशागत नैतिक आचारण भएको व्यक्तिलाई गर्नुपर्नेमा बारले जोड दिएको छ ।

सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्दा समावेशी सिद्धान्तको मर्म र भावनालाई सम्बोधन गर्न नसकेकोप्रति बारले आपत्ति प्रकट गरको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै