• २०८१ बैशाख १४ शुक्रबार

एकै रुखले नबन्ने भो काष्ठमण्डप !

kharibot

फाइल तस्बीर

काठमाडौँ । काठमाडौँको नामको उत्पत्ति भएको काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ ।

निर्माणअन्तर्गत अहिले काठको काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्ममा २५ प्रतिशत काम सकिएको बताएका छन् ।  

अहिले झ्याल र ढोका निर्माणको काम भइरहेको छ ।  गत माघ २७ गते श्रीपञ्चमीका दिन  काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो ।

प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ ।

अध्यक्ष शाक्यले भने, “ आगामाी  सालको असार मसान्तसम्ममा भुइँतलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ,  निर्धारित समयमा काम सकिन्छ  । ” 

सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले जात्रा हेर्न आएका कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । 

काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ ।

काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुनेछैन । आठ फिटभन्दा माथिका एक हजार दुई सय ५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै