• २०८१ बैशाख १४ शुक्रबार

गांगुलीपछि सचिन र लक्ष्मणलाई बिसिसिआईको नोटिस 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका लोकपाल डीके जैनले पुर्व भारतीय क्रिकेटरद्वय सचिन तेन्दुलकर र भिभिएस लक्ष्मणलाई आइपिएलसँग सम्बन्धित नोटिस पठाएका छन् । 

आपिएलमा फ्रेन्चाईज क्लबसँग आवद्ध भएको विरोधमा परेको मुद्धामा लोकपाल जैनले सचिन र लक्ष्मणलाई नोटिस पठाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सचिन तेन्दुलकर आइपिएल टिम मुम्बई इण्डियन्सका मेन्टर रहेका छन् भने लक्ष्मण सनराइजर्स हैदरावादका मेन्टर रहेका छन् ।

सचिन र लक्ष्मण भारतीय क्रिकेट कन्ट्रोल बोर्डको क्रिकेट सल्लाहकार समितिमा समेत रहेका छन् । सो समितिले भारतीय क्रिकेट टिमको प्रशिक्षक चयन लगायतका काम गर्ने गर्दछ ।

उनीहरुविरुद्ध क्रिकेट सल्लाहकार समिति र फ्रेन्चाईज टिममा रहदा हितको टकराव सम्बन्धि आरोप लागाउदै मध्य प्रदेश क्रिकेट संघका सदस्य संजिव गुप्ताले आरोप दायर गरेका थिए । लोकपाल जैनले सोहि आरोपका आधारमा बिसिसीआईसहित सचिन र लक्ष्मणलाई अप्रिल २८ भित्र लिखित जवाफ दिन भन्दै नोटिस पठाएको बताइएको छ । नोटिसमा जवाफ नदिएमा जवाफका लागि अर्को मौका नदिइने समेत उल्लेख गरिएको छ ।

यसअघि बङ्गाल क्रिकेट एशोसियसनका अध्यक्ष समेत रहेका सौरभ गांगुली दिल्लीको मेन्टर बनेको भन्दै यस्तै नोटिस पठाइएको थियो ।

सचिनको जन्मदिनको दिन नै यस्तो नोटिस पठाइएकोमा उनका फ्यानहरु भने लोकपालप्रति आक्रामक बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै