• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : नेप्से १२ सय ९२ अंकमा 

kharibot

काठमाडौं । नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता एक सय ६९ कम्पनीहरुको ५१ हजार छ वटा कारोवार भएकाछन् ।

जसअनुसार एक करोड ६३ लाख ६६ हजार चार सय ८४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब ५८ लाख ४० हजार चार सय ३३ रुपैयाँ पुुगेको छ । कारोवार रकम गत साताको तुलनामा निकै नै बढी हो ।

गत साता भने नेप्सेमा एक सय ७० कम्पनीहरुको ३३ हजार २१ वटा कारोवार भएका थिए । जसअनुसार ८५ लाख ८२ हजार २६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ६२ करोड दुई लाख पाँच हजार तीन सय सात रुपैयाँ पुगेको थियो । 

यो साता बजार परिसुचक १२ सय ९२ दसमलव १२ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७९ दसमलव ६७ अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौं दिन नेप्सेको बढेको थियो भने दोस्रो दिन नेप्से घटेको थियो । 

पहिलो दिन बजार परिसुचक ३१ दसमलव ८९ अंकले बढेर १२ सय ६४ दसमलव २० अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८४ अंकले बढेर दुई सय ७३ दसमलव ४१ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने बजार परिसुचक सात दसमलव २६ अंकले घटेर ११ सय ५६ दसमलव ९४ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव चार अंकले घटेर दुई सय ७१ दसमलव ३७ अंकमा झरेको थियो ।

तेस्रो दिन बजार परिसुचक तीन दसमलव ७४ अंकले उकालो लागेर १२ सय ६० दसमलव ६८ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव नौ अंकले उकालो लागेर दुई सय ७२ दसमलव २७ अंकमा चढेको थियो । साताको चौथो कारोवार दिन बजार परिसुचक १९ दसमलव १४ अंकले माथि चढेर १२ सय ७९ दसमलव २९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव आठ अंकले माथि चढेर दुई सय ७६ दसमलव ९४ अंकमा पुगेको थियो ।

यसैगरी पाँचौ दिन पनि सेयर बजार परिसुचक १२ दसमलव ८३ अंकले बढेर १२ सय ९२ दसमलव १२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ७३ अंकले माथि चढेर दुई सय ७९ दसमलव ६७ अंकमा चढेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा  नेपाल बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु परेकाछन । यसैगरी कारोवार भएकोमा सेयर संख्याको आधारमा भने यो साता नेपाल बैंक, एनसीसी बैंक, कुमारी बैक लगायतका कम्पनीहरु परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सेयर सुचीकरण तर्फ लक्ष्मी बैंकको बोनस सेयर सुचीकृत भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै