• २०८१ बैशाख १४ शुक्रबार

यातायात कार्यालयका दुई बिचौलिया घुस रकमसहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने दुई जना बिचौलियालाई ३१ हजार घुस रकम सहित पक्राउ गरेको छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलिया रोशन कुमार रौनियार र सुनिल यादवले एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

अख्तियारले घुस मागिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियारको कार्यालय हेटौंडा मकवानपुरबाट गएको टोलीले निजहरू रोशन कुमार रौनियार र सुनिल यादवलाई सेवाग्राहीसँग रू. ३१,०००।–( एकतीस हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै