• २०८३ असार २९ सोमबार

एएफसी यू–१९ महिला च्याम्पियनसिप : अस्ट्रेलियासँग नेपालको फराकिलो हार 

एएफसी यू–१९ महिला च्याम्पियनसिप : अस्ट्रेलियासँग नेपालको फराकिलो हार 

काठमाडौं । म्यानमारमा आजबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।

शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाले बलियो टिम अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । 

फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर देखिएको थियो ।

नेपालले पहिलो हाफमै ६ गोल खाएको थियो भने एक गोल फर्काएको थियो । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफमा एक गोल फर्काएकी थिइन् । त्यस्तै दोस्रो हाफमा ५ गोल खाएको थियो ।

उत्कृष्ट प्रदर्शन गर्दै एएफसी कपमा छनोट हुने लक्ष्य बनाएको नेपाल अष्ट्रेलियासँगको फराकिलो हारपछि एएफसी कपमा छनोट हुने सम्भावना मुस्किल देखिएको छ । नेपालले अब समूहका २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् ।

आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यु–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै