वाशिंटन डिसी । अमेरिका नेपाल सोसाइटीको सम्पन्न निर्वाचनमा प्रभा भट्टराई देउजा अध्यक्षमा बिजयी भएकी छन् । देउजाले ६३९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा डा बिष्णु घिमिरेले ५७२ मत प्राप्त गरी बिजयी भएका छन् । घिमिरेका निकटतम प्रदिद्वन्दी सुजीत अर्जेलले ५४८ मत प्राप्त गरेका छन् ।
यसै गरी द्वितिय उपाध्यक्षमा कृष्ण अधिकारीले ६५३ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एन्ड्रिउले ४४८ मत प्राप्त गरेका छन् ।
महासचिबमा सुदिप पोखरेल, सचिबमा अन्जना, कोषाध्यक्षमा शुभ शाक्य विजयी भएका छन् । सोसाइटीको संचार निर्देशकमा निलु खरेल निर्बिरोध निर्वाचित भएकी छन् ।