• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानविरुद्धको टी-२० खेलमा इङल्याण्ड विजयी

kharibot

काठमाडौँ । इङल्याण्डले पाकिस्तानलाई टी-२० क्रिकेटमा पराजित गरको छ । आइतबार सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ७ विकेटले परजित गरको हो ।

पाकिस्तानले दिएको १७४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डका लागि कप्तान इओन मोर्गनले ५७ रन बनाए भने जोए रुटले ४७, जेम्स भिन्चले ३६ तथा जोए ड़ेनलीले २० रन बनाएका थिए ।

टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले बबर आजमले सर्वाधिक ६५ रन बनाए भने हरिस सोहेलले ५० रन बनाए । त्यस्तै इमाद वाशिमले १८ र फहीम अशरफले १७ रन बनाए ।

इङल्याण्डका बलर जोफ्रा आर्चरले २ विकेट लिएका थिए भने टम कुरान र क्रिस जोर्डनले एक एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच इङल्याण्डका कप्तान इओन मोर्गन बनेका थिए ।

विश्वकप अघि इङल्याण्ड टुरमा रहेको पाकिस्तानले अब इङल्याण्डसँग अब ५ एकदिवसीय खेल खेल्दै छ । पहिलो एकदिवसीय खेल बुधबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै