सातु, सर्वत खाएर मनाइयो अक्षय तृतीया

खरीबोट

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । 

जौको सातुमा गुँड, चिनी, घीउ, दही र सक्खर मिसाएर सर्वत बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । दान गरेपछि सपरिवार सर्वत र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभ कामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको थियो ।

मत्स्य, भविष्यलगायत पुराण ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेतायुगको शुरुआत भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।  

सम्बन्धित समाचार

'चुम्बन' बारे केही रोचक तथ्य

काठमाडौँ । चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो भन्ने कुरा त सबैलाई थाहै छ । योबाहेक पनि चुम्बनसँग सम्बन्धित केही वैज्ञानिक शोध, अध्ययन र विश्व रेकर्ड पनि छन् जसको

म सबै केटालाई दाजुभाई मान्न सक्दिन !

कुरा आफैबाट सुरु गर्दा राम्रो होला जस्तो लाग्यो । घटना १ पुषको महिना थियो, झिस्मिसेमै कलेज पुगें । धेरै चिसो भएका बेला एक गिलास पानी खाए पनि तीन गिलास पिसाव आउँछ ।

७५ बर्षपछि प्रेमी प्रेमिकाको पुनर्मिलन !

काठमाडौँ । यदि तपाई ७५ बर्षपछि आफ्नी प्रेमिकालाई भेट्नु भयो भने कस्तो महसुस गर्नुहुन्छ । पक्कै पनि यस्तो लाग्न सक्छ, कसैले आफ्नो आत्मा खोसेर लागेको होस् । एक प्रेमी प्रेमिकाको

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा

वासिङ्टन डिसी । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न


z