• २०८१ बैशाख १४ शुक्रबार

बाराका हावाहुरी प्रभावित क्षेत्रमा डिश होमको निशुल्क सेवा

kharibot

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा दिएको छ ।

कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो ।

कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित् बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निशुल्क सेवा दिएको हो । प्रभावित क्षेत्रमा निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा जडान  गरिदिएको हो । 

कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले निशुल्क सेवा दिएको हो । 

डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो ।

डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेको छ । भारतिय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा भंmझटिलो हुने गरेकाले डिशहोम डिटिएच नै ग्राहाकहरुमा लोकप्रिय भएको पाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै