काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सकिएको छ ।
गएराती सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्लीको यस सिजनको आइपिएल यात्रा सकिएको हो ।
दिल्ली आइपिएलबाट बाहिरिएपछि सन्दीपको आइपिएल यात्रापनि सकिएको छ ।
दोस्रो सिजन आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपको यस सिजन मिश्रित रहेको छ । दिल्लीले खेलेका कुल १६ खेलमा सन्दीपले केवल ६ खेलमा खेल्ने मौका पाए ।
सन्दीपले खेलेका ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बाहेक अन्य पाँचै खेलमा विकेट लिएका थिए । यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए ।
यस आइपिएलमा सन्दीपको प्रदर्शन :
१. कोलकोता नाइटराइडर्स : ४-०-२९-१
२. किंग्स इलेभेन पंजाव : ४-०-२७-२
३. किंग्स इलेभेन पंजाव : ४-०-४०-३
४. सनराइजर्स हैदरावाद : ४-०-३२-१
५. रोयल च्यालेन्जर्स बैंगलोर : ४-०-४६-१
६. रोयल च्यालेन्जर्स बैंगलोर : ३-०-३६-०
दिल्लीको विदेशी खेलाडीको कोटाबाट नियमित रुपमा प्लेइङ एघारमा पर्न नसक्दा सन्दीपको यस सिजनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।
समग्रमा हेर्दा सन्दीपले यस सिजनमा कुल ६ खेलमा २३ ओभर बलिङ गर्दै २१० रन दिएर ८ विकेट लिएका छन् । सन्दीपको औसत विकेट २६.२५ रन छ भने इकोनोमी ९.१३ रन प्रति ओभर रहेको छ । सन्दीप यस आइपिएलमा उनको टी-२० क्यारियरको बलिङ इकोनोमी रेट भन्दा महँगो भएको देखिन्छ । सन्दीपको टी-२० क्यारियरमा प्रति विकेट औसत रन २०.१३ छ भने इकोनोमी ७.१५ रन प्रति ओभर रहेको छ ।
अघिल्लो सिजनमा केबल ३ खेल खेलेका सन्दीपले ६.८३ को इकोनोमी रेटले ५ विकेट लिएका थिए ।