• २०८१ बैशाख १५ शनिबार

नदीमा डुबेर दुई बालकको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर ।

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ ।

लम्कीचुहा–७ निवासी मनोज चौधरीका छोरा जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीयसुदीप र पर्शु चौधरीका छोरा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय समरको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

आज बिहान करीब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करीब ३:३० बजेतिर शव भेटिएको थियो । शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै