• २०८१ बैशाख १५ शनिबार

काँग्रेसको जागरण : नत नियमको पालना, नत नीतिगत बहस ! 

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गतको कार्यक्रम मार्फत एउटा नयाँ थालनी गरेको थियो सभासञ्चालन पद्धतिमार्फत । यसमा तीन जनाभन्दा बढीले बोल्न नपाइने, तीन जनालाई भन्दा बढीलाई आसन पनि ग्रहण नगराइने र कार्यक्रममा कसैले खादा–मालाको प्रयोग पनि नगर्ने भन्ने  । 

यो भनिँदा र सुनिँदा सामान्य जस्तो लाग्ला तर यसले एउटा सादगी र कतिपय अवस्थामा त अनावश्यक मानिने खर्चको पनि बचाउ गर्ने थियो । खादा वा माला त्यस्ता कुरा हुन जो आयोजकलाई जुटाउन धौधौ पर्छ तर त्यसको कुनै उपयोग हुदैन । लगाइन्छ र तुरुन्तै फालिन्छ पनि ।

कुनैपनि राजनीतिक कार्यक्रमको अर्को रोग हो लम्वेतानको आसन ग्रहण र त्यही अनुसार पट्यारलाग्दो सख्याबाट भाषण । कांग्रेसको यो जागरण कार्यक्रमको अनुकरणीयपक्ष भनेको आसनमा सीमितता, मालाखादाको प्रतिवन्ध र लम्वेतान संख्याको भाषणको अन्त्य नै थियो । 

तर यसको पालना भने केन्द्रबाट नै र अझ केन्द्रिय सभापतिले दलका तर्फबाट प्रतिनिधित्व गरेको कार्यक्रममा नै भएन । २५ बैशाखमा काठमाण्डौका लागि सभागृहमा सम्पन भएको कार्यक्रममा केन्द्रिय सभापतिले खादापहिरिए । उनले यसो नगर्ने निर्णय भएको छ भनेर त्यसलाई स्वीकार नगरेका भए अरु सहभागीले पनि खादापहिरिने वा पहिर्याउने काम हुने थिएन । अझ यो कार्यक्रममा त खादा र माला दुवै एकैसाथ लगाइयो । अनि मञ्चमा पनि आसन ग्रहण र भाषणको काम पनि आठ दशकै सख्यामा पुग्यो वा पु¥याइयो । यसबाट आफैले वसाल्न खोजेका स्थितिलाई आफैले उल्लघन गरेका भन्ने सधैँका लागि एउटा रेकर्ड बनायो केद्रिय तहबाटनै । 

वैशाख ३ मा  पार्टी सुदृढिकरणका लागि भन्दै  देशव्यापी अभियान सुरु गर्दा ती कार्यक्रम सञ्चालन कसरी हुने छन भन्दै खादा–माला र अधिक सख्याको आसन र भाषणलाई एकप्रकारले निषधे गरिएको थियो ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस  राष्ट्रिय जागरण अभियान’ नामक तीन चरणको कार्यक्रम घोषणा गर्दाको त्यस वखत । अन्यत्र कसरी सञ्चालन भए त्यसका रिपोर्ट आउन बाँकी नै छ तर राजधानीमा चाहिँ यस्तै देखियो ।

यसैकारण पनि होला यस्तो अभियानको आसय जागरण भन्दापनि आफनो पालामा यस्तो काम भयो भन्ने देखाउने सन्दर्भमा वा निर्भारित समयमा निर्भारित काम गर्नबाट आलटाल गर्न आयोजित  हो कि भनी शंका गर्नेहरुले ठाउँ पाए । 

यो कार्यक्रम घोषणा हुँदा भने पार्टीका नीति, सिद्धान्तबारे जनतालाई बुझाउने, विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जानकारी गराउने, वर्तमान सरकारको गलत कार्यबारे जानकारी गराउने लगायतका उद्देश्य राखिएको बताइएको थियो । त्यसमा कांग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे कार्यकर्तालाई जानकारी गराइने कुरा पनि थिए । तर यसरी पु¥याउन खोजिएको विधान विवादित छ । महासमितिले प्रस्ताव गरे अनुसार भन्दा केन्द्रिय समितिको बहुमतले भिन्न प्रकारको निर्णय गरेको हुँदा यो विधान जहाँजहाँ पुग्छ त्यससंगै महासमितिलाई केन्द्रिय समितिले अवज्ञा गरेको कुरापनि जाने भयो । यसले यो अभियानको उद्धेश्यलाई कति सार्थक बनाउला भन्ने प्रश्न काँग्रेसी  बीचनै खडागरेको छ । 

यो कार्यक्रम वैशाख ११ देखि पुष १६ गतेसम्म तीन चरणमा सम्म्पन्न हुने थिए । यो बीचमा एकजना नेताको देहावसानका कारण वैशाख ११ को प्रारम्भदिन सरेर २५ मा पुगेको हो । निर्धारित कार्यक्रम अनुसार पहिलो चरणको कार्यक्रम जिल्ला स्तरमा वैशाख  २५ (संशोधित) गते सुरु भई जेठ २५ गतेसम्म सञ्चालन गरिन्छ ।

दोस्रो चरणको कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा सञ्चालन हुन्छ । तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १६ सम्म स्थानीय तहहरुमा सञ्चालन हुन्छ । यही क्रममा यसको प्रारम्भ भैनै सकेको अवसथा होयो । यद्यपि  यो कसरी अघिबढछ भन्ने चाहिँ राजधानीको कार्यक्रमले अनुकरणीय संकेत दिनसंकेन कम्तिमा कार्यक्रम सञ्चालनमा गर्न खोजिएको सुधारका सन्दर्भमा चाहिँ ।    

यो अभियान ११ वैशाखमा लोकतन्त्र दिवसको दिनदेखि ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस’ नाम दिएर प्रारम्भ हुने थियो एउटा भवितव्य नपरेका भए । यसको समापन मेलमिलाप दिवसका दिन हुनेछ । यी दुवैदिन नेपाली का्रग्रेसका लागि पर्वजस्ता हुन । वर्तमान सरकार अधिनायकवादको बाटोबाट अघि बढेको आरोप लगाउँदै आएको कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको सरकारका कामकारबाही सोही दिशातर्फ उन्मुख हुन थालेको भन्दै यसविरुद्ध जनतामा चेतना ल्याउन लागि जनतासमक्ष जाने र यस क्रममा गाउँस्तरसम्म नै पुग्ने अभियान हो यो भन्ने यसको कार्यक्रमल नै बुझाउछ । 

राष्ट्रिय जागरण अभियानको उद्देश्य विस्तृत छ तर त्यसको प्राप्तीका लागि अभ्यास भने पर्याप्त भएको देखिएन । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म आफना कार्यकर्ताहरू एवं आमशुभचिन्तकलाई व्यापक ढंगले सुसूचित गर्ने, राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने, नेपाली काँग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्ने, वर्तमान सरकारका भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सबिस्तार विवरण आमनागरिकमा व्यापक ढंगले प्रस्ट्याउने भन्ने देखाइएकोछ । तर यो कार्यक्रम तय हुँदा आफनो केन्द्रिय समितिमा छलफल समेत नगरिएको आरोप केन्द्रिय सदस्यले नै लगाउनु पर्ने अवस्था जसरी आयो त्यसले नै यो उद्देश्य पाप्तीमा अंकुश लगाउने सम्भावना रहन्छ ।

यो अभियानमा नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ-नगर तथा टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छन । यसो हो भने त्यसका लागि काँग्रेसमा त्यस्ता संरचनहरु खडा भकउा छन भन्ने प्रश्न उड छनै र उत्तरहुन्छ छैन । यो अभियान प्रदेश अन्तर्गत पनि चल्ने छ तर प्रदेशको संरचना नहुँदा त्यसले जिल्लाको रुप लिन्छ अर्थात जिल्ला सभापति वा जिल्लाको संगठनले नै प्रदेशको काम गर्नुपर्ने अवस्था छ अहिले । सदस्यता बनाउने भन्ने कुरा छ तर त्यसको अगुवाइ र स्वामित्व कसले लिने ?  यो प्रश्न समग्रपार्टी पंक्तिमै निरुत्तरित छ यो बेलासम्म । 

अभियानमा पहिलो चरणमा ७७ जिल्लामा पुगी केन्द्रीय प्रतिनिधिहरू एक महिना बस्ने र निर्धाति कार्यक्रम सम्पन्न गराउनेछन् । यो ठाउमा जिलला समिति रहेको हुँदा उसले सहजकिरण गर्ला । दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने १५ दिन सम्बन्धित क्षेत्रमा बसी निर्धारित कार्यक्रम सम्पन्न गराउने भनिएको छ । यो प्रदेशको कार्यक्रमको कसले सहजकिरण गर्ने ?  तेस्रो चरणमा ७५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्ने, १० दिन सम्बन्धित क्षेत्रमा बस्ने र निर्धाति कार्यक्रम सम्पन्न गराउने कार्यक्रम रहेको छ । स्स्थानीय तहमा पनि नयाँ व्यवस्था अनुसारको संरचना छैन । यसैकारण हो यो अभियान ती ठाउँमा पुर्याउनु पहिले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहका संरचना बनाउन माग भएको तर सुनुवाइ भएन जसले यो अभियानको उद्देश्य केन्द्रिय प्रतिनिध संगसंगै फिर्ताहुने खतरा हुन्छ । त्यसलाई कार्यक्रम निर्धारण गर्दा ध्यान दिएको जस्तो पाइएन । 

खासगरी संसदमा र प्रदेश सभामा कांग्रेसको उपस्थिति अनपेक्षित रूपमा घटेको भएपनि स्थानीय तहमा करिव ३५ प्रतिशतको उपस्थिति छ । त्यसलाई सही रुपले परिचालन गरेमात्रपनि कांग्रेसका लागि एउटा अवसरहुने छ अरु भन्दा कांग्रेस किन भिन्न छ भन्ने सन्दर्भमा  । यो अभियानले समेत त्यता तिर पर्याप्त ध्यान दिएको देखिएन । त्यसो नहुँदो हो त फेरीकुरा हुन्छ त्यो अवसरलाई परिचान गर्न त्यही प्रकारको उपयुक्त संरचना खडा गर्नु । त्यस्तो भएको छैन । यो सन्दर्भमा जागरण अभियानलाई प्रभावकारी ढंगमा सञ्चालन गर्न सकेमा कांग्रेसको संगठन सुदृढ हुन सक्ने सम्भावना नभएको होइन । 

सरकार वा सरकारका कामको आलोचना गरेर मात्र हुँदैन यसका लागि आफ्नो आन्तरिक संगठन नै सुदृढ बनाउनुपर्छ र तयो संगठनले सरकारप्रतिका आफ्ना धारणा प्रमाणसहित जनसमक्ष पुर्याउन सक्नुपर्छ । विरोधका लागि विरोध होइन, सत्ताको छट्पटी होइन, यो यथार्थ हो भन्ने कुरा बुझाउन मुखको भरमा भन्दा पनि विश्वसनीय आधार र प्रमाणसहित जनतासम्म पुग्न सक्नुपर्छ । यसकालागि समय छ संयन्त्र बनाउन । अहिले पहिलो चरणको मात्र कार्यकम सञ्चालन हुदैछ । दोस्रो र तेस्रो चरण आउन समय बाँकी छ । 

प्राध्यापक कृष्ण खनालले कांग्रेसमा गजव प्रकारको चुनाव लागेको भनी टिप्पणी गरेका छन यो जागरण अभियानका सन्दर्भमा । उनका अनुसार यो अभियान चुनावी अभियान नै हो महाधिवेशनका लागि । अर्को पक्षको भनाइ अर्कै छ । अहिले चलिरहेको वर्ष कांग्रेसको महाधिवेशनको वर्ष हो । त्यसलाई छल्न पुस सम्मको कार्यक्रम ल्याइयो । फागुन भित्र महाधिवेशन गरिसक्नु पर्ने थियो ।  यो अभियानका नाममा महाधिवेशनको तयारी गर्न नभ्याएको भन्दै म्यादथप्ने तर्फको अभ्यास भन्ने आरोपलाई नेतृत्वले कतै खण्डन गर्न चाहेको वा सकेको  छैन । पर्याप्त छलफल बेगर र आफनै संरचना पूर्ण नगरी थालिएको यतिलामो अभियानले त्यतातिर पनि ध्यान खिचेको छ ।

घटना र परिस्थितिले स्थापनाको करिब ७० वर्षसम्म नेपाली कांग्रेस अहिलेको जस्तो अत्यन्त कमजोर कहिल्यै भएको थिएन । यहाँभन्दा अघिका सबै आमनिर्वाचनमा यसले कि त दुइतिहाई वा बहुमत पाएकै थियो । यसले २०५१ को मध्यावधि निर्वाचनमा र २०६४ को संविधान सभा निर्वाचनमा दोस्रो शक्तिका रुपमा रहेपनि बैकल्पिक सरकार निर्माण गर्ने हैसियत राखेको थियो । तर यतिबेला कांग्रेससँग केवल ६५ सांसद छन् । यसले खोज्ने कुरा हो गुमेको शक्ति प्राप्त गर्न कांग्रेसले धेरै गर्नुपर्ने छ । त्यसमध्ये तत्कालै नगरी नहुने कुरा हो आफनै सगठनका संरचनाहरुको निर्माण र खाली रहेकाहरुको पूर्ती । 

त्यतातिर चाहिँ खासै ध्यान गएको पाइएन । यस्तो वेला जनजागरणको नाममा गाउँ तहमा पुगोका नेतासंग कांग्रेसजन र गाउँघरमा मेहनत गरिरहेका कांगे्रस समर्थकले प्रश्न गर्न सक्छन – आफैभित्र अपूर्णताको अवस्थालाई देखाउन हामीसम्म किन आयौ ? यसको उत्तर लिएर गाउँ जान कांग्रेसका नेतहरुलाई सुझाएका छन शुभचिन्तकहरुले । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै