• २०८१ बैशाख ६ बिहीबार

मिडिया विधेयक पत्रकारका पक्षमा : मन्त्री बाँस्कोटा

kharibot

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताउँदै भने, “ मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ ।

कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”

श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै  उहाँले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले भने, “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ । नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ,  नियम कानून सबैका लागि बराबर हुनुपर्छ ।

सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुपर्यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै