• २०८१ बैशाख १४ शुक्रबार

नापी सर्वेक्षक घुस रकमसहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय परासी, बर्दघाट सुस्ता पश्चिममा कार्यरत नापी सर्भेक्षकलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको बुटवलबाट गएको टोलीले नापी सर्वेक्षक छत्रबहादुर ठकुल्लाले जग्गाको क्षेत्रफल मिलाईदिने भन्दै सेवाग्राहीबाट रू.२०,०००।– (बीस हजार) घुस बापतको रकम लिएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

ठकुल्लालाई घुस रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै