• २०८१ बैशाख १५ शनिबार

वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष ५ लाख घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेस्थित राप्तिसोनारी गाँउपालिकाको लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई ५ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग रू.५,००,०००।–(पाँच लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । 

अख्तियारको नेपालगन्जबाट गएको टोलीले दुवैलाई बाँके जिल्ला राप्तिसोनारी गाँउपालिका वडा नं.-१ बैरीया कुसुमबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय