• २०८१ बैशाख १४ शुक्रबार

उच्च आर्थिक वृद्धिदरको मोहमा नपर्नुस् - प्रदीप गिरी 

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरिले उच्च आर्थिक वृद्धिदरको मोह छोड्न सरकारलाई आग्रह गरेका छन् ।  

आर्थिक वर्ष २०७६-७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै गिरीले सो आग्रह गरेका हुन् । 

सांसद गिरीले उच्चवृद्धि दर र सामाजिक न्याय सँगै जान नसक्ने भन्दै उच्च वृद्धिदरको मोह छोड्न अर्थमन्त्री र सरकारलाई आग्रह गरे । उनले भने, 'नेपालको हकमा गंहु र धानको फरक नबुझ्ने, प्याजमा पानी चाहिन्छ की चाहिदैन, आलुलाई पानी चाहिन्छ की चाहिदैन भन्ने थाहा नभएका व्यक्ति मन्त्री भए ।' 

उनले विदेश पढेलेखेका अर्थमन्त्रीको चक्करमा विगतका सरकार परेकाले देश आर्थिक वृद्धिदरको मोहमा परेको बताए ।

छलफलमा भाग लिदै नेता गिरीले समाजवादमा जान्छु भन्ने पार्टीले, सरकारले सोभियत संघको पतन किन र कसरी भयो भन्ने बुझ्न जरुरी रहेको बताए ।

नागरिक अधिकारको बारेमा सरकारले ध्यान नदिदा सोभियत संघ पत्न भएको भन्दै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दा जनताको अवस्था कस्तो छ भन्ने थाहा नहुदा नै सोभियत युनियनको पत्न भएको गिरीले बताए ।

विश्वभर देखिएको व्यक्ति व्यक्तिबीचको धनि हुने प्रतिष्पर्धाका बीच हामि कता जादै छौ भन्ने निर्णय गर्नुपर्ने सांसद गिरीले बताए ।

विनियोजन विधेयकमा उल्लेख गरिएको उच्च वृद्धिदर र सामाजिक न्यायलाई सँगैलैजान सकिन्छ त भन्दै प्रश्न गरेका थिए ।

सांसद गिरीले अहिले व्पाएको सुनौलो मौकाको सहि सदुपयोग गर्न सरकारलाई आग्रह गर्न अनुरोध गर्दै अहिले एक दुई बर्ष यो समयको सदुपयोग गर्न नसके त्यसपछि के हुन्छ भन्न नसकिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै