• २०८१ बैशाख १५ शनिबार

भुक्तानी सन्तुलन मिलाउन राष्ट्र बैंकद्धारा आठ अर्ब रुपैयाँको ऋणपत्र बिक्री

kharibot

काठमाडौ ।  भुक्तानी सन्तुलन मिलाउनको लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार अपरान्ह तीन बजेसम्मको अवधिमा आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गरेको छ ।

राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा सात बर्षे अवधिको बिकास ऋणपत्र २०८३ ख बिक्री गरिएको हो । सरकारले सुरु गरेको बिभिन्न योजनाहरुमा भुक्तानी दिन रकम अभाव भएपछि सरकारको लागि राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनको लागि बिकास ऋणपत्र बिक्री गरेको हो । यसरी उठाईएको रकम सरकारले बिभिन्न किसिमका ठेक्काहरुमा दिनु पर्ने रकम भुक्तानीको लागि निकासा गर्ने छ ।

सरकारले चालु आर्थिक बर्ष भित्र अर्थात यही असार मसान्तसम्म ८६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । त्यस मध्ये ५० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र रहेको छ भने ३६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल रहेको छ ।

राष्ट्र बैकका अनुसार आज मंगलबार बिक्री गरिएको ऋणपत्रको जारी मिती यही जेठ एक गते तोकिएको छ भने परिपक्व हुने अवधि २०८३ जेठ एक गते तोकिएको छ । अर्धबार्षिकरुपमा व्याज भुक्तानी र कर्जा दिन र लिनको लागि धितोकोरुपमा समेत प्रयोग गर्न सकिने ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक नागरिकहरुले सहभागिता जनाएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै