मेनपावर कम्पनीको विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप

खरीबोट

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेको छ । 

विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । 

तोकिएको समयावधिभित्र विवरण अद्यावधिक गर्न नसकेका मेनवापर कम्पनीको आग्रहमा विभागले पुनःम्याद थप गरेको हो । विभागका प्रवक्ता भोलानाथ गुरागाईंले विवरण अद्यावधिक गर्न छुटेका मेनपावर कम्पनीले आगामी जेठ ३ गतेसम्म विवरण भर्न सक्ने जानकारी दिए । 

थप गरिएको समयवधिभित्र विवरण अद्यावधिक नगरेमा त्यस्ता मेनपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोवार बन्द गरिने विभागले चेतावनी दिएको छ । 

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । मेनपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ ।

विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ ।

८० भन्दा बढी मेनपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

'वैदेशिक रोजगारीमा जाने युवाहरुमाथि लैङ्गिक विभेद'

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने नेपाली युवाहरु मािथ लैङ्गिक विभेद गरेको पाइएको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा लैङ्गिक विभेद नगरिने भने पनि नेपाल सरकारले विभेदको

वैदेशिक रोजगारमा जाने युवा रोजगारदाताका बारेमा बेखबर

काठमाडौँ । अधिकांश युवा आफ्नो रोजगारदाताका बारेमा जानकारी नलिई वैदेशिक रोजगारमा जाने गरेका पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था: आप्रवासी कामदार भर्ना अभ्यास र

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना सम्मानित्त 

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेश मै उधम गर्ने ६ जना व्यक्तिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । आइतबार मन्त्रालय परिसरमा एक कार्यक्रम गरी विदेशबाट फर्किएर स्वदेश

कुवेतमा पुगेकी अनुद्वारा उद्धारको अपिल

काठमाडौँ । नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङ दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी छिन् । राम्रो काम लगाइदिने आशमा ६ महीनाअघि दलालको फन्दामा परी भारत


z