युनेस्को सम्मेलनका लागि मन्त्री पोखरेल चीनतर्फ

खरीबोट

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गरेका छन् ।

कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।

यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ ।

दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्य : मन्त्री पोखरेल

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन

शिक्षा पैसा कमाउने उद्योग होइन : मन्त्री पोखरेल

मोरङ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान

शिक्षक भर्ती सेवा आयोगबाट मात्रै : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताए । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको

डा केसीसँगको सहमतिअनुसार विधेयक अघि बढाउन मन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई अघि बढाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा


z