कपिलवस्तुकी ६ बर्षिय ग्रीष्मालाई बचाउन सहयोगको अपिल 

खरीबोट

६ बर्षिय बालिका ग्रीष्मा खनाल ।

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् ।

हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका-३ टाँकु निवासी शोभाखर खनालका छोरा बुहारी श्रीधर खनाल र रेखा अधिकारीकी ६ बर्षिय छोरी ग्रीष्मा खनाललाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु परेको हो ।

जन्मेको ३ महिना देखि नै आफ्नो शरीरमा रगत नबन्दा अरुको रगतको सहारामा बाचेकी ग्रीष्मालाई हरेक महिना एक पाउण्ड रगत दिने गरिएको छ ।

नेपालसहित भारतका बिभिन्न अस्पतालमा उनको उपचारका क्रममा डाक्टरहरुले बोन म्यारो ट्रान्सप्लान्ट गरेमा मात्र ठीक हुने भनेकाले उपचारमा करिब ५० लाख खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । ५० लाख खर्च गर्ने आर्थिक अवस्था नभएकोले ग्रीष्माका आमा बुबाले उनलाई बचाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।

सहयोगको लागि यस फोन नम्बरमा सम्पर्क गर्न या निम्न बैंक खातामा रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

सम्पर्क फोन : ९८४५१०८७२७ (श्रीधर खनाल), ९८४७२४४५३४ (रेखा अधिकारी)

रकम सहयोगको खाता विवरण :

रेखा अधिकारी
एभरेष्ट बैंक : ०३८००५१६२०१९८४ ( तौलिहवा शाखा)

श्रीधर खनाल  

एभरेष्ट बैंक : ०३८००५१६२००६३८ ( तौलिहवा शाखा)

 
                  

सम्बन्धित समाचार

कपिलवस्तुकी ६ बर्षिय ग्रीष्मालाई बचाउन सहयोगको अपिल 

कपिलवस्तु । कपिलवस्तुको तौलिहवाकी ६ बर्षिय बालिकाका लागि बोन म्यारो ट्रान्सप्लान्टका लागि उनका आमाबाबुले सहयोगको अपिल गरेका छन् । हाल तौलिहवा बस्दै गरेकी कपिलवस्तु बुद्धभुमि नगरपालिका-३ टाँकु निवासी शोभाखर खनालका छोरा

१२ बर्षिय कल्पनाको दुवै मिर्गौलामा समस्या : सहयोगको अपिल 

पोखरा । झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उनका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा छन् । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट

एनसेलको सिम प्रयोग नगर्न नेकपाका युवा र विद्यार्थी संगठनहरुको संयुक्त अपिल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् । उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग

भण्डारीको बोनम्यारो प्रत्यारोपणको लागि सहयोग गर्न कोमल ओलीको अपिल 

काठमाडौ । दाङ तुलसीपुर उपमहानगरपालिका-१० बनगैका ६० वर्षीया रोमहर्ष भण्डारीलाई बोनम्यारो प्रत्यारोपणको सहयोगको लागि गायिका एवं राष्ट्रिय सभाकी सांसद कोमल ओलीले सहयोगका लागि अपिल गरेकी छन् ।  समाजसेवी रोमहर्ष भण्डारीलाई बोनम्यारो


z