• २०८१ बैशाख १४ शुक्रबार

कान्स फिल्म फेस्टिभलमा दीपिकाको जादु

kharibot

मुम्बई । फ्रान्सको केन्स मा जारी कान्स फिल्म फेस्टिभलमा विश्वभरका सेलिब्रेटीले सहभागिता जनाउदै छन् ।

यहि मे १४ देखि शुरु भएको कान्स फिल्म फेस्टिभलमा बलिवुडका अभिनेत्रीहरुले पनि सभागिता जनाइरहेका छन् ।

२५ मे सम्म हुने कान्स फिल्म फेस्टिभलमा बलिवुड अभिनेत्री कंगना रनावत, प्रियंका चोपडा, सोनम कपुर, हिना खान जस्ता अभिनेत्रीहरुले सहभागिता जनाएका छन् । त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चनले पनि कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउदै छिन् ।

कान्स फिल्म फेस्टिभललाई फिल्मको प्रदर्शन मात्र नभएर स्टाइल स्टेटमेन्टका रुपमा पनि लिने गरिन्छ । कान्सको रेड कार्पेटमा कुन सेलिब्रेटीले कस्ता र कुन डिजाइनरका कपडा लगाए भन्ने विषय विश्वभर चर्चा हुने गर्दछ ।

यसै बीच बलिवुड अभिनेत्री दीपिका पदुकुनेले पनि कान्समा सहभागिता जनाएकी छन् । दीपिकाको कान्स फिल्म फेस्टिभलमा यो तेस्रो सहभागिता हो ।

अत्यन्त आकर्षक ड्रेसमा कान्सको रेड कार्पेटमा पुगेकी दीपिकाका तस्वीर हेरौ :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै