• २०८१ बैशाख १५ शनिबार

राष्ट्र बैंकले आइतबार पुन: छ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने 

kharibot

काठमाडौं । आगामी आइतबार नेपाल राष्ट्र बैंकले पुन छ अर्ब रुपैयाँको बिकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा १० वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ग’ बिक्री गर्न लागिएको हो ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने छ ।  अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुने अवधि वि.सं. २०८६ साल जेठ ६ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खरिदकर्ताहरुलाई प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा छुट्याइएको यो ऋणपत्र प्रतिस्पर्धी समूहलाई कुल निष्काशित रकमको ८० प्रतिशत अर्थात् चार अर्ब ८० करोड रुपैयाँ छुुट्याएको छ । बाँकी रहेको २० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र भने अप्रतिस्पर्धी समूहलाई बिक्री गरिने छ । 

खरिदकर्ताहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय