राप्रपाले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरणलाई प्रभावकारी बनाउने 

खरीबोट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउने भएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको विशेष बैठकले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र सवै तहका कार्य समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकमा पार्टी र नेपाल सरकार वीचको वार्ताको सम्बन्धमा पार्टीका बरिष्ठ नेता दिपक बोहराले जानकारी गराएका थिए । बैठकले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथासिघ्र चाँडो दोश्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको छ । 

त्यस्तै जनसंघर्षको पहिलो चरणको समिक्षा र दोश्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदन माथि विस्तृत छलफल र समिक्षा बैठकमा गारिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

साथै बैठकमा प्रदेश कार्य समितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावि कार्ययोजना बैठकमा प्रस्तुत गरेका थिए । 
 

सम्बन्धित समाचार

प्रशिक्षकलाई थापाको निर्देशन, 'पार्टी बारेको भ्रम र एजेन्डा बारेको अफबाह चिरौ'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा  प्रशिक्षण संचालन गर्न केन्द्रिय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् । केन्द्रिय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज

राप्रपाले प्रदेश २ मा ६० हजार सक्रिय सदस्य बनाउने

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नम्बर २ मा ६० हजार सक्रिय सदस्य बनाउने निर्णय गरेको छ । आज जनकपुरमा बसेको प्रदेश -२ कार्य समितिको बिस्तारित बैठकले स्थानीय तहमा भएको व्यापक

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने 

काठमाण्डौ । राष्टिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ । यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको घोषणा

काठमाडौँ । राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया घोषणा गरिएको छ । आज  मेलवर्नमा एक समारोहका विच पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो ।  समाजको प्रमुख सल्लाहकार डा.


z