• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओली चढेको हेलिकप्टरको आकस्मिक अवतरण

kharibot

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ : ५० बजे अवतरण गरेको हो । 

प्रधानमन्त्री ओली ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेको पनि उनले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै