• २०८१ बैशाख १४ शुक्रबार

चुनाव प्रचार सकिएपछि मोदी गुफामा ध्यान गर्दै  

kharibot

नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तरखण्डको एक गुफामा ध्यान गरिरहेका छन् ।

शुक्रबार लोकसभा चुनावको प्रचारप्रसार सकिएपछि मोदी शनिबार बिहानै उत्तरखण्डको केदारनाथ पुगेका थिए ।

केदारनाथको दर्शन गरेर मोदी ध्यान गर्नका लागि एक पवित्र गुफामा पसेको भारतीय संचारमाध्यमहरुले उल्लेकख गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदी आइतबार बिहानसम्म गुफामा ध्यान बस्ने बताइएको छ । मोदीले २ किलोमिटर ट्रेक गर्दै ध्यान बस्ने गुफामा पसेको बताइएको छ । मोदीले ध्यान शुरु गरेको तस्बीरका लागि मिडियालाई अनुमति दिइएको थियो ।

भारतमा सात चरणको लोकसभा निर्वाचनअन्तर्गत अन्तिम चरणमा ५९ सिटको निर्वाचन आइतबार हुदै छ । निर्वाचनको मतगणना मे २३ तारिखमा हुँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै