• २०८१ बैशाख १५ शनिबार

नक्कली प्रमाण पत्र लिएर शिक्षिका बनेकी आरतीविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाण पत्र लिए शिक्षकको जागिर गर्ने शिक्षिकाविरुद्ध आरोप पत्र दायर गारेको छ ।

अख्तियारले प्राथमिक विद्यालय, फतुहा महेशपुर-५, रौतहटमा शिक्षक पदमा कार्यरत आरती कुमारी मल्लिकले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको भन्दै आरोप पत्र दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले आरती कुमारी मल्लिकले शिक्षक पदमा नियुक्ति पाउन र सेवा प्रवेश पश्चात सरकारी लाभ लिने मनसायले भारतको विहार स्कुल परीक्षा बोर्ड, पटनाबाट हाइस्कुल तहको झुट्टा /नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिएको आरोप लगाएको छ । 

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै निज शिक्षक आरती कुमारी मल्लिकलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबीको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै