• २०८१ बैशाख १४ शुक्रबार

अबदेखि एटिएम मेसिनमा नेपाली भाषा अनिवार्य

kharibot

काठमाडौं । अबदेखि एटिएम मेसिनमा नेपाली भाषा अनिवार्यरुपमा राख्नुपर्ने भएको छ ।

केही बैंकहरुले मात्र आफ्नो एटिएम मेसिनमा अग्रेजी र नेपाली दुबै भाषा राख्ने गरेकोमा अबदेखि सबै बैंकहरुलाई आफ्नो एटिएम मेसिनमा दुई वटै भाषा राख्ने व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो । 

भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ (दोस्रो संशोधन, २०७४ समेत) को विनियम ५९ उप विनियम (१) ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको राष्ट्र बैकले जानकारी दिएको छ ।

यही जेठ पाँच गतेबाट ३० दिन भित्र एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाएको नपाईएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै