कृषि विश्वविद्यालयका डिनलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

खरीबोट

चितवन । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो ।

 प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । प्रा ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो ।

यसअघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दुई महीनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो ।

उक्त समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन गर्दै आएको थियो ।

सम्बन्धित समाचार

कृषि विश्वविद्यालयको भवन निर्माण रोक्न अदालतको आदेश

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ

कृषि विश्वविद्यालयका निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी

दायरा बढाउँदै कृषि विश्वविद्यालय

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर

कृषि विश्वविद्यालयका डिनलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

चितवन । प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट


z