एचआइभी सङ्क्रमित श्रेष्ठद्वारा सगरमाथा आरोहण

खरीबोट

काठमाडौँ । एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् । उनी सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ ।

उनले बिहान ८:१५ मा सगरमाथामा पाइला टेकेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  पूर्वराष्ट्रिय फुटबल खेलाडी  उनले ‘स्टेप–अप

क्याम्पेन:सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’(अभियान अघि बढाऔँ: दोस्रो  चरणको सगरमाथा आरोहण) अन्तर्गत सगरमाथाको आरोहण गरेका हुन् । विसं २०७२ मा नै सगरमाथा चढ्ने योजना भए पनि त्यतिबेला गोरखा भूकम्पका कारण चढ्न नसकेको उनले जानकारी दिए ।

श्रेष्ठले यो अभियानमार्फत समाज र देशमा एचआइभीसम्बन्धमा सचेतना फैलाउने लक्ष्य लिइएको बताए । उनका अनुसार यस अभियानमार्फत एचआइभी सङ्क्रमित बालबालिकाको गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने छ । विश्व कीर्तिमानी राख्नसमेत सफल भएका ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्स्पिीडिशनका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र  आठ पटक आरोहण गरिसक्नुभएका आरोही दाकिपा शेर्पाको पथप्रदर्शनमा श्रेष्ठले आठ ८४८ मिटर अग्लो सगरमाथा आरोहण गरेका हुन् । 

उनले सन् २०१३ मा  पाँच हजार ४१७ मिटर अग्लो थोराङ ला पास र सन् २०१४ मा छ हजार १८९ मिटर अग्लो आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका थिए । उनले सन् २०१६ मा भर्जिन पिक÷खाङ कार्पीको समेत आरोहण गरिसकेका छन् । सगरमाथाको सफल आरोहण गरेर श्रेष्ठले एचआइभी सङ्क्रमितले पनि जोखिम र चुनौतीपूर्ण काम गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन् । उनी देशको मात्रै नभएर विश्वका समेत सङ्क्रमितका लागि आशाको केन्द्र बनेका छन् । एचआइभी सङ्क्रमितलाई गरिने विभेदका विरुद्धमा सन्देश दिने उद्देश्यले यो काम गरेको आरोही श्रेष्ठले बताए ।

उनमा २५ वर्ष पहिले एचआइभी सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सुईको प्रयोग गर्दा उनमा एचआइभी सरेको थियो । सन् २०१७ को विश्व स्वास्थ्य संगठनको तथ्याङ्कानुसार अहिले विश्वभरमा एचआइभी सङ्क्रमितको सङ्ख्या तीन करोड ६४ लाख छ । नेपालभर ३१ हजार २०  एचआइभी सङ्क्रमित रहेको नेशनल सेण्टर फर एड्स एण्ड एसटिडी कन्ट्रोलले  जनाएको छ । नेपालमा एचआइभीलाई महामारीका रुपमा लिइन्छ ।

सम्बन्धित समाचार

सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

काठमाडौं । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक,

सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ ।  कम्पनीले

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको

'सगरमाथामा जाम होइन लाम लागेको हो'

काठमाडौं । सरकारले सगरमाथामा ट्राफिक जामका कारण कसैको मृत्यु नभएको प्रष्ट गरेको छ ।  सरकारद्वारा गठित छानबिन समितिले सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको भन्ने विषय आधारहीन


z