कांग्रेस संसदीय समितिले काम सुरु गर्यो, बन्दसूची बनाउन शुरु

खरीबोट
ad

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ । 

पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए । 

समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उनले बताए । जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको थियो । 

समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने नेता खाँडले बताए । बैठक सुक्रबार पनि बस्नेछ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गरेका थिए । 

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्नसक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्नसक्ने प्रावधान भए पनि १७ सदस्यीय समिति गठन गरिएको छ । 

१७ सदस्यीय संसदीय समितिमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव रहेका छन् । 

सम्बन्धित समाचार

संविधान कार्यान्वयनको अध्याय अधुरो : काँग्रेस 

काठमाडौँ।  नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ ।  संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार,

 निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै काँग्रेसको प्रदर्शन

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।  भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै काङ्ग्रेस कञ्चनपुरले जिल्ला प्रशासन

काँग्रेस सांसदको सरकारलाई प्रश्न - के अब संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री बनाउने हो ?

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकमा सरकारलाई संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्नु हुन्छ भन्ने प्रश्न गरेका छन्।  बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद भरत शाहले नेपाल वायु सेवा निगममा पहिलेका

निर्मलाका वास्तविक बलात्कारीलाई लुकाएर सरकारले घट्नाको ढाकछोप गर्यो - काँग्रेस सभापति देउवा  

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारीलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् । शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले