• २०८१ बैशाख १४ शुक्रबार

सिभिल बैंक लिमिटेडको शाखा अब अर्जूनधारामा

kharibot

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका हुन् । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका राना मगरद्वारा “अपाङ्गबाल शिक्षा सरोकार केन्द्र” का बालबालिकाहरुको स्कुल पोशाकको लागि बैंकको तर्फबाट प्रदान गरीएको नगद सहयोग पनि हस्तान्तरण गरिएको बैकले जानकारी दिएको छ ।  
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अर्जूनधारा नगरपालिकाका मेयर राना मगर, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि राना मगरले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रष्ट पारे । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धि आउने कुरा बताए । अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उनले खुुसी व्यक्त गरे ।

बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । बैंकले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए । बैंकको अब अर्जूनधारा शाखासहित कुल शाखा संख्या ७४ पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै