काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को ट्रेलर सार्वजनिक गरिएको छ ।
पटक पटक रिलिज मिति सारेर अब अन्तत जुलाई १२ मा रिलिज हुने सुपर ३० को ट्रेलरमा बह्रत्को शिक्षा प्रणालीमा बनाइएको ट्रेलर हेरेर बुझ्न सकिन्छ । यसअघि जनवरी २५ का लागि रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति ६ महिना पछि सार्दै जुलाई २६ पुर्याइएको थियो ।
तर अभिनेत्री कंगना रनावतले पनि आफ्नो फिल्म 'मेन्टल है क्या' लाई सोहि मितिमा रिलिज गर्ने घोषणा गरेपछि ऋतिकको फिल्म सुपर ३० लाई जुलाई १२ मा रिलिज गर्ने घोषणा केहि दिनअघि मात्र गरिएको हो ।
यस फिल्मलाई यौन दुर्व्यावहारको आरोप लागेका विकास बहलले निर्देशन गरेका हुन् । सरेको बताइएको छ । फिल्म भारतीय गणितीज्ञ आनन्द कुमारको जीवनीमा आधारित रहेको छ । यस फिल्ममा ऋतिकका अलावा टीवी सीरियल्समा कम गरेकी अभिनेत्री मृणाल ठाकुर, अभिनेता पंकज त्रिपाठी, नंदिश सिंह संधू, विरेंद्र सक्सेना र अमित साध जस्ता कलाकारको समेत अभिनय रहेको छ ।
फिल्मको ट्रेलर :